Home Candidate सञ्जयकुमार गौतम

मतदातामाझ पुनः परीक्षण हुँदै

http://नेपाली%20कांग्रेस
सञ्जयकुमार गौतम
बर्दिया - १ उम्मेदवार

सञ्जयकुमार गौतम

पुरुष , ६२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१२७२२ मत
Profile Election History
Profile Election History

पहिलो संविधानसभामा पराजय व्यहोरे पनि दोस्रो संविधानसभा र त्यसपछि संघीय संसद्‍सम्म आइपुग्दा उनले निरन्तर जनसमर्थन कायम राख्न सफल भएका छन्।

०००

सञ्जयकुमार गौतम नेपाली राजनीतिका एक सक्रिय र अनुभवी नेता हुन्। बर्दिया जिल्लाको गुलरिया नगरपालिका–६ मा जन्मिएका गौतम हाल ललितपुरको भैंसेपाटीमा बसोबास गर्छन्। उनका बुबा किशोरकुमार गौतम र आमा रक्षा गौतम हुन्। उनले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।

गौतमको राजनीतिक यात्रा २०३६ सालमा नेपाल विद्यार्थी संघसँग आबद्ध भई सुरु भएको हो। विद्यार्थी राजनीतिबाट अघि बढ्दै उनी २०४६ सालपछि नेपाली कांग्रेसका सक्रिय सदस्य बने। पार्टीभित्र उनले गुलरिया सचिव, क्षेत्रीय कार्यसमिति सदस्य, बर्दिया जिल्ला सदस्य हुँदै जिल्ला सभापतिको जिम्मेवारी समेत सम्हाले। 

उनको संसदीय यात्रा २०७० सालमा बर्दिया क्षेत्र नम्बर-२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएसँगै सुरु भयो। संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका खेलेका गौतम २०७४ सालमा पुनः बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

२०७४ सालको चुनावमा उनले एमालेका तत्कालीन उपाध्यक्ष बामदेव गौतमलाई पराजित गरेका थिए । गौतमले ४४ हजार ८२९ मत पाउँदा वामदेवले ४४ हजार ७६ मत पाएका थिए ।

स्नातकसम्म अध्ययन गरेका उनले २०७४ साल साउन २२ गतेदेखि २०७४ साल फागुन ३ गतेसम्म सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । विकासलाई मुख्य चासोको क्षेत्र बनाउँदै उनले विशेषगरी सिँचाइ र पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेका थिए ।

संसद्‍मा रहँदा उनले कानुन, न्याय तथा मानव अधिकार समिति र विकास तथा प्रविधि समितिमा सदस्यका रूपमा काम गरे ।

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उदघाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएपछि त्यसलाई छिटो बनाउन माग गर्दै उनी अनसन समेत बसेका थिए ।

राजनीतिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी करिब ७ महिना जेल जीवन समेत बिताएका छन्। आफूलाई विकास अभियनताको रूपमा परिचित गराउन चाहने गौतमको संसदीय राजनीति करिब एक दशकभन्दा लामो छ।

पहिलो संविधानसभामा पराजय व्यहोरे पनि दोस्रो संविधानसभा र त्यसपछि संघीय संसद्‍सम्म आइपुग्दा उनले निरन्तर जनसमर्थन कायम राख्न सफल भएका छन्।

Battleground Analysis

अनुकूलता

  • संसदीय राजनीतिको लामो र सफल अनुभव ।
  • पूर्व सिँचाइ मन्त्रीका रूपमा विकास र जनचासोका मुद्दामा सक्रियता ।
  • मजबुत व्यक्तिगत र सांगठनिक पकड ।

प्रतिकूलता

  • बदलिएको समीकरण र मत विभाजन ।
  • एमालेको ठूलो समानुपातिक मत र बलियो प्रतिस्पर्धी ।
  • बर्दियामा थारू समुदायको मत निर्णायक हुने ठानिएकाले थारू समुदाय र युवा मतको बाँडफाँट ।
शिक्षा
स्नातक
हालको दल
नेपाली कांग्रेस

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ बर्दिया - २ विष्णुप्रसाद चौधरी १७८५१ ७६०५ १०२४६ पराजित
२०७० बर्दिया - २ पूर्ण शर्मा (एमाले) १०२४२ ११६१८ १३७६ विजयी
२०७४ बर्दिया - १ वामदेव गौतम (एमाले) ४४०७६ ४४८२९ ७५३ विजयी
२०७९ बर्दिया - १ लक्ष्मणराज ज्ञवाली (एमाले) 26155 30611 ४४५६ विजयी

सञ्जयकुमार गौतमको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित