Home Candidate अब्दुल खान

जनमतका समानुपातिक सांसद अहिले नाउपाका उम्मेदवार

http://नागरिक%20उन्मुक्ति%20पार्टी,%20नेपाल
अब्दुल खान
बर्दिया - १ उम्मेदवार

अब्दुल खान

पुरुष , ३९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
५७२४ मत
Profile Election History
Profile Election History

सीके राउतले जनमत पार्टी गठन गर्दा अब्दुल खानको सक्रिय भूमिका थियो । उनै अब्दुल अहिले जनमत छोडेर नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार बनेका छन् ।

०००

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले बर्दिया क्षेत्र नम्बर १ मा अब्दुल खानलाई प्रतिनिधिसभा उम्मेदवारको रूपमा अघि सारेको छ ।

१ भदौ २०४३ मा बर्दियाको गुलरिया नगरपालिका–११ ओसीपुरमा जन्मिएका खान २०६८ सालदेखि राजनीतिमा सक्रिय छन् । सीके राउतको नेतृत्वमा जनमत पार्टी गठन गर्दा उनले सक्रिय भूमिका निभाएका थिए ।

‘रुलअफदी एनजीओ, आईएनजीओ इन डेभलपिङ मधेश’ भन्ने कार्यक्रममा स्वयंसेवकको रूपमा काम गर्दागर्दै राउतसँग सम्पर्कमा पुगेपछि उनी राजनीतिमा जोडिएका थिए ।

२०६८ सालमा राउतको नेतृत्वमा पार्टी गठन गर्न लागिपरेका खानले २०६९ सालमा डा. राउतद्वारा स्थापित स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय प्रवक्ताको जिम्मेवारी सम्हाले ।

यो पार्टीले २०७० र २०७४ सालको चुनावमा भाग लिएन । २०७९ को चुनावमा भाग लियो र राष्ट्रिय दलको रूपमा उदायो । त्यसबेला जनमत पार्टीले प्रत्यक्षमा एक र समानुपातिकतर्फ पाँच सिट जितेको थियो । खान समानुपातिक निर्वाचन सांसद बने ।

२०७७ मा भएको जनमत पार्टीको महाधिवेशनबाट उपाध्यक्षमा निवार्चित खानले सांसद् भएसँगै राजकीय जिम्मेवारी पनि पाए । ११ पुस २०७९ मा विनाविभागीय मन्त्री भए । ३ माघ २०७९ मा खानेपानी मन्त्री बने । १७ चैत २०७९ मा मन्त्री पदबाट राजीनामा दिए ।

११ भदौ २०८० मा प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति भए । संसदीय समितिको सभापतिका रूपमा खानले २७ भदौ २०८२ सम्म काम गरे ।

फेरि जनप्रतिनिधि हुने ध्याउन्नमा रहेका खानले स्नातकसम्म अध्ययन गरेका छन् । सुरुमा मदरसा शिक्षा पढेका उनले पछि स्थानीय विद्यालयमा भर्ना भएर एसएलसी, आईएससी पास गर्दै पब्लिक हेल्थ विषयमा स्नातक गरेका हुन् ।

समानुपातिकपछि खान प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा छन् । जनमत पार्टी छाडेर उनी नागरिक उन्मुक्ति पार्टी नेपालबाट बर्दिया–१ मा उम्मेदवार बनेका हुन् ।

२०७९ को चुनावमा बर्दिया–१ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी भएका थिए । ३० हजार ६११ मत ल्याएर गौतम विजयी हुँदा एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५, नाउपाका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत र रास्वपाका प्रवेश भुसालले ११ हजार ४ मत ल्याएका थिए ।

यसपटक पनि यस क्षेत्रमा कांग्रेसबाट उनै गौतम उम्मेदवार छन् । एमालेबाट शालिकराम अधिकारी, नेपाली कम्युनिस्ट पार्टीबाट विष्णुप्रसाद चौधरी उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा नाउपाबाट उम्मेदवार रहेका ठाकुरसिंह थारु यस पटक रास्वपाबाट उम्मेदवार छन् ।

Battleground Analysis

अनुकूलता

  • समानुपातिक सांसद भएर काम गरेको अनुभव
  • स्थानीय मतदातासँग भिजेका नेता
  • सामाजिक गतिविधिमा लामो समयदेखि सक्रिय

प्रतिकूलता

  • पार्टी फेरेर उम्मेदवार भएकोमा आलोचना
  • प्रत्यक्ष निर्वाचन लडेको अनुभव छैन
  • अन्य बलिया दलहरूसँग प्रतिस्पर्धा
शिक्षा
स्नातक
हालको दल
नागरिक उन्मुक्ति पार्टी, नेपाल
सरकारको अनुभव
खानेपानीमन्त्री (२०७९)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ समानुपातिक विजयी

अब्दुल खानको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित