Home Candidate विष्णुप्रसाद चौधरी

समानता र सामाजिक न्यायका पर्याय

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
विष्णुप्रसाद चौधरी
बर्दिया - १ उम्मेदवार

विष्णुप्रसाद चौधरी

पुरुष , ५३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
९२८५ मत
Profile Election History
Profile Election History

थारू समुदायको अधिकार र समग्र सीमान्तकृत वर्गको उत्थानका लागि उनले अघि सारेका एजेन्डाले यस निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छ।

000

विष्णुप्रसाद चौधरी नेपाली राजनीतिमा थारू समुदायको पहिचान, अधिकार र सामाजिक न्यायका मुद्दा सशक्त रूपमा उठाउने नेताका रूपमा परिचित छन्। बर्दियाको माटोमा जन्मिएका चौधरीले थारू समुदायको उत्थानलाई आफ्नो राजनीतिक र सामाजिक यात्राको मूल उद्देश्य बनाएका छन्। शालीन स्वभाव, बौद्धिक दृष्टि र स्वच्छ छविका कारण उनी बर्दिया मात्र होइन, समग्र थारू समुदायका भरोसायोग्य प्रतिनिधि मानिन्छन्।

चौधरीको राजनीतिक यात्रा जनसरोकार, समानता र सामाजिक न्यायसँग गाँसिएको छ। साविक नेकपा (माओवादी) मा आबद्ध भई सशस्त्र तथा शान्तिपूर्ण दुवै आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनले २०६४ सालको ऐतिहासिक संविधानसभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट उल्लेखनीय जित हासिल गरे। सो निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार चौधरीलाई १० हजार २०० भन्दा बढी मतान्तरले पराजित गर्दै जनताबाट बलियो जनादेश पाए।

संविधानसभा सदस्यको कार्यकालपछि चौधरी २०७५ चैत ७ गते थारू आयोगको अध्यक्षमा नियुक्त भए। आयोगमा उनको कार्यकाल थारू समुदायका हक–अधिकार स्थापित गर्ने र समुदायको इतिहासलाई दस्तावेजीकरण गर्ने हिसाबले महत्वपूर्ण मानिन्छ।

आयोगको नेतृत्वमा उनले थारू समुदायको थर सूचीकरण, लोकगीत, ऐतिहासिक सम्पदा र ‘बट्कोही’ (खिस्सा) को प्रकाशनमार्फत लोपोन्मुख संस्कृति संरक्षणमा काम गरे। छ वटा वार्षिक प्रतिवेदन र स्मारिकामार्फत थारू समुदायका मुद्दा राज्यको मूलधारसम्म पुर्‍याए।

त्यसैगरी जनसंख्याका आधारमा निजामती सेवासहित सबै क्षेत्रमा आरक्षण कोटा निर्धारण, टीकापुर विद्रोहको राजनीतिक समाधान, कमैया र कमलहरीको पुनर्स्थापना तथा पीडितका लागि कानुनी उपचारका विषयमा नीतिगत सिफारिस गरे। थारू समुदायमा देखिने सिकल सेल एनिमिया र थालासेमिया जस्ता वंशानुगत स्वास्थ्य समस्याविरुद्ध सचेतना र नीतिगत पहल गर्नु पनि उनको कार्यकालको उल्लेखनीय पक्ष मानिन्छ ।

चौधरीको राजनीतिक जीवनको सबैभन्दा बलियो पक्ष उनको स्वच्छ छवि हो। लामो समय सार्वजनिक पदमा रहे पनि उनीमाथि कुनै किसिमको विवादमा मुछिएको सार्वजनिक जानकारीमा आएको छैन । उनी थारू समुदायका अधिकारका लागि मात्र नभई समग्र उत्पीडित र सीमान्तकृत वर्गका मुद्दामा पनि स्पष्ट रूपमा उभिने नेता हुन्।

हाल चौधरी थारू इतिहास, भाषा लेखन शैली र समावेशितासम्बन्धी विभिन्न अध्ययन र अनुसन्धानमा संलग्न छन्, जसका केही काम प्रकाशनको चरणमा छन् । उनको लक्ष्य केवल राजनीतिक गतिविधिमा सीमित हुनु होइन, थारू समुदायको कला, भाषा र इतिहासलाई जीवित राख्दै आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउनु हो।

उनको स्वच्छ र निष्ठावान छवि, गहिरो सामुदायिक र प्रशासनिक अनुभव तथा सशस्त्र संघर्षको जनाधार उनका सबल पक्ष हुन् । तर परिर्वतित राजनीतिक समीकरण, अधुरा सिफारिसहरूको कार्यान्वयन र युवा पुस्ताका नयाँ अपेक्षा उनका लागि चुनौति हुन सक्छन् ।

Battleground Analysis

अनुकूलता

  • स्वच्छ र निष्ठावान छवि
  • गहिरो सामुदायिक र प्रशासनिक अनुभव
  • सशस्त्र संघर्षको जनाधार र ऐतिहासिक साख

प्रतिकूलता

  • परिर्वतित राजनीतिक समीकरण
  • अधुरा सिफारिसहरूको कार्यान्वयन
  • युवा पुस्ताका नयाँ अपेक्षा
शिक्षा
स्नातक
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ बर्दिया - २ सञ्जयकुमार गौतम (कांग्रेस) ७६०५ १७८५१ १०२४६ विजयी

विष्णुप्रसाद चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित