Home Candidate सन्तोष विष्ट

व्यवसायी सन्तोष संसदीय प्रतिस्पर्धामा

http://प्रगतिशील%20लोकतान्त्रिक%20पार्टी
सन्तोष विष्ट
मकवानपुर - २ उम्मेदवार

सन्तोष विष्ट

पुरुष , ४० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
७२ मत
Profile
Profile

विभिन्न पेसा-व्यवसायमा लागेर काम गर्दै आएका विष्ट पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका छन् ।

०००

सन्तोष विष्ट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०४२ साल वैशाख १४ गते मकवानपुरमा जन्मिएका विष्ट पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका हुन् ।

उनी थाहा नगरपालिका-३ का स्थायी बासिन्दा हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका विष्ट २०५६ सालदेखि राजनीतिमा छन् । उनी माओवादी आन्दोलनमा संलग्न भएर राजनीतिमा जोडिएका हुन् ।

२०६१ सालमा उनी गिरफ्तारीमा परे । २०६३ सालको जनआन्दोलनपछि जेलबाट रिहा भए ।

२०६९ सालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष भए । २०७० सालमा तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका विष्ट २०७३ सालमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य भए । २०७८ मा तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य भए ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि विष्ट त्यसमा सामेल भएनन् । उनी नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भए र हाल नवगठित प्रलोपाको केन्द्रीय सदस्य छन् ।

राजनीति सँगसँगै विभिन्न पेसा-व्यवसायमा संलग्न रहँदै आएका उनले २०६५ सालमै समृद्धि ट्रेडर्स खोलेका थिए ।

उनले २०७१ सालमा पाठशाला प्रकाशन प्रालि गठन गरे । जसमार्फत शैक्षिकपत्र मासिक प्रकाशन गर्ने, अनलाइन पोर्टल चलाउने काम गर्दै आएका छन् ।

२०७४ सालमा गोरखनाथ बालुपा प्रशोधन केन्द्र प्रालि गठन गरे । जसमार्फत थाहा नगरपालिकामा वासिङ प्लान्ट राखेर बालुवा, माटो प्रशोधन र उत्पादन गर्दै आएका छन् । विष्टको रोडा-ढुंगा उद्योग पनि छ ।

देशका विभिन्न ठाउँमा खानीसम्बन्धी काम गर्नका लागि उनले इथोस माइनिङ इन्डस्ट्रिज खोलेका छन् । जसमार्फत टायल उद्योगमा कमेरो माटो आपूर्ति गर्दै आएका छन् ।

विभिन्न पेसा-व्यवसायमा लागेर काम गर्दै आएका उनै विष्ट अहिले मकवानपुर-२ बाट चुनावमा होमिएका छन् ।

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक अनुभव
  • स्थानीय जरा र पहिचान
  • व्यावसायिक र व्यवस्थापकीय क्षमता

प्रतिकूलता

  • नयाँ र सानो दलको उम्मेदवार
  • पहिलो संसदीय चुनाव
  • दल परिवर्तनको आलोचना
शिक्षा
स्नातकोत्तर 
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
प्रगतिशील लोकतान्त्रिक पार्टी

सन्तोष विष्टको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित