Home Candidate अरुणकुमार साह

संसदीय प्रतिस्पर्धामा पहिलो परीक्षा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
अरुणकुमार साह
सप्तरी - ३ उम्मेदवार

अरुणकुमार साह

पुरुष , ४२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

उनले एउटा संस्मरणत्मक पुस्तक पनि लेखेका छन् ‘जनयुद्धदेखि जेलसम्म’ । यसपटकको निर्वाचनमा भने उनी पहिलोपटक नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् ।

०००

सप्तरीको रूपनी गाउँपालिका वडा—१ का स्थायीबासिन्दा हुन् अरुणकुमार साह । ३६ वर्षीय साहलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि सप्तरी क्षेत्र नम्बर-३ बाट उम्मेदवार बनाएको छ । साह तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका ब्रिगेड कमान्डर अरुणकुमार साह सप्तरी क्षेत्र नम्बर-३ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को उम्मेदवार बनेका छन् ।

२०५६ सालदेखि माओवादी पार्टीमा संलग्न उनी एसिस्टेन्ट आयुर्वेद हेल्थ वर्करको अध्ययन गर्दागर्दै माओवादीमा लागेका थिए । त्यसबेला उनी गाउँगाउँ गएर पार्टीको पक्षमा भित्तेखनमा सहभागी भएका थिए ।

त्यसपश्चात उनी अनेरास्ववियु क्रान्तिकारी हुँदै जनमिलिसिया बनेका थिए । जनमिलिसियाको सप्तरी जिल्ला नेतृत्वसँगै उनी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला अध्यक्ष समेत बने । त्यसपश्चात एरिया इन्चार्जको जिम्मेवारीमा उनी गए ।

एरिया इन्चार्जको नेतृत्व गर्दागर्दै उनी जनमुक्ति सेना नेपालमा प्रवेश गरेका थिए । जनमुक्ति सेनामा रहँदा उनी ब्रिगेड कमान्डरसम्म बनेका थिए, जुन पदमा पुग्ने उनी मधेशकै सिनियर जनसेना थिए ।

त्यस क्रममा २०६१ सालमा रामेछापको लाप्चानेमा सरकारी पक्षसँगको भिडन्तमा उनी घाइते समेत भए । सरकारी पक्षबाट चलाएको गोलीको छर्रा लागेर उनी घाइते भएका थिए । २०६२ साल असार ५ गते खोटाङको सदरमुकाम दिक्तेल आक्रमणमा पनि उनी सख्त घाइते भएका थिए । त्यसबेला लागेको गोलीको छर्राको खत अहिले पनि उनको शरीरभरि देख्न सकिन्छ ।

त्यसबेला घाइते भएका उनको १९ दिनपछि मात्रै होस खुलेको थियो । नियमित ७ वर्ष उपचार गरेपछि मात्रै उनी बल्ल पुस्तकहरू पढ्नसक्ने अवस्थामा पुगेका थिए ।

माओवादी पार्टी शान्तिप्रक्रियामा आएपछि उनी वाईसीएल नेपालको नेतृत्वमा पुगे । त्यसक्रममा उनले सिरहा, सप्तरी तथा पूरा मिथिला क्षेत्रकै नेतृत्व गरेका थिए ।

त्यसपश्चात उनले २०६३ साल जेठ २३ गते पुरानो द्वन्द्वकालीन मुद्दामा ३ साल जेल समेत काट्नुपरेको थियो । जेल परेपछि उनको पारिवारिक जीवनसमेत तहसनहस भएको थियो । २०७५ माघ १५ गते पश्चात पुनः तत्कालीन माओवादी केन्द्रको राजनीतिमा आएका थिए ।

दुई वर्षअघि उनी पार्टी केन्द्रीय समिति सदस्य भएका थिए भने त्यसपछि भने निरन्तर पार्टी काममा रहेको उनी बताउँछन् । यसबीचमा उनले एउटा संस्मरणत्मक पुस्तक पनि लेखेका छन् ‘जनयुद्धदेखि जेलसम्म’ । यसपटकको निर्वाचनमा भने उनी पहिलोपटक नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् ।

Battleground Analysis

अनुकूलता

  • द्वन्द्वकालीन नेतृत्व र संघर्षशील छविबाट बनेको समर्थक आधार
  • मिथिला क्षेत्रमा संगठनात्मक अनुभव र राजनीतिक पहुँच
  • केन्द्रीय समिति सदस्य तथा वैचारिक सक्रियताले बढाएको पहिचान

प्रतिकूलता

  • पहिलो पटक संसदीय निर्वाचन लड्दा चुनावी अनुभवको कमी
  • प्रतिस्पर्धी दलका स्थापित उम्मेदवारसँग कडा टक्कर
  • द्वन्द्वकालीन पृष्ठभूमिलाई लिएर मतदाताबीच मिश्रित धारणा

अरुणकुमार साहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित