Home Candidate अम्बिरबाबु गुरुङ्ग

विद्रोह पुष्टि गर्नुपर्नै चुनौती 

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
अम्बिरबाबु गुरुङ्ग
ओखलढुंगा - १ उम्मेदवार

अम्बिरबाबु गुरुङ्ग

पुरुष , ६० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

पार्टी नै फेरेर जिल्ला कमिटि सहित नेकपामा आएका उनी यसपटक प्रतिनिधिसभामा छिर्ने दाउमा छन् ।

०००

गत ६ माघसम्म कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ नेकपा एमालेका नेता थिए । उनी एमालेबाटै टिकट लिएर प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीमा थिए ।

एमाले ओखलढुंगा जिल्ला नेतृत्व आफू अनुकुल रहेकाले उम्मेवादरका आकांक्षीमा उनको नाम नपर्ने कुरै भएन । एमालेका पूर्ववरिष्ठ नेता ईश्वर पोखरेल सहित अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का (जीबी) र नानीबाबु बुढाथोकीको नाम केन्द्रमा सिफारिस गरिएको थियो ।

तर जिल्लाले सिफारिस गरेका कसैले पनि टिकट पाएनन् । लिखु गाउँपालिका उपाध्यक्ष रहेकी अस्मिता थापालाई एमाले केन्द्रले टिकट दियो । यसपछि अम्बिरबाबु गुरुङले विद्रोह रोजे । उम्मेदवारी दर्ता गराउने अन्तिम दिन नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्दै उनी ओखलढुंगामा तारा चिह्नबाट उम्मेदवार बनेका छन् ।

आसन्न २१ फागुनमा हुने निर्वाचनमा गुरुङ आफ्नै पूर्व पार्टीका उम्मेदवारसँग प्रतिश्पर्धामा छन् । र यो चुनाव उनका निम्ति सामान्य जित/हार मात्र नभएर विद्रोह पुष्टि गर्दै राजनीतिक करिअर सुरक्षित गर्नुपर्ने चुनौतीका रूपमा रहेको छ ।

फेरि तारा लिएर मैदानमा

२०२२ सालमा ओखलढुंगाको सिध्दिचरण नगरपालिका-४, स्थित रुम्जाटारमा जन्मिएका गुरुङले आकस्मिक निर्णय लिँदै नेकपाबाट उम्मेदवार बनेपनि तारा चिह्न भने नौलो होइन । २०५६ सालको निर्वाचनमा उनले मालेका उम्मेदवार बन्दै ओखलढुंगामा तारा चिह्नबाट चुनाव लडेका थिए ।

तर देशभर मालेले कतै नजित्दा उनी पनि पराजित भए । चुनावमा शून्य भएपछि माले एमालेमै समाहित भयो । गुरुङ पनि एमालेमै फर्किए ।

अमेरिकाबाट वाणिज्य शास्त्रमा स्नातक गरेका गुरुङ जिल्ला नेतृत्वमा भने २०५३ सालमै पुगेका थिए । तर विभाजनतिर लाग्दा २०७० सालम मात्रै बल्ल एमाले जिल्ला सचिवालय सदस्य बने । त्यसबेला उनी आर्थिक विभाग प्रमुख भएर काम गरे ।

२०७४ सालमा वाम गठनबन्धनको उम्मेदवार बनेर प्रदेश सभा (क) बाट निर्वाचित भए । २०७६ मा कोशी प्रदेश सरकारको शक्तिशाली भौतिक पूर्वाधार मन्त्री बने । २०७९ को प्रदेश सभामा झिनो मतान्तरले पराजित भए ।

कांग्रेसका प्रदिपकुमार सुनुवार १४ हजार ९१६ ले विजयी हुँदा गुरुङले १४ हजार ५५६ मत पाएका थिए । पार्टी नै फेरेर जिल्ला कमिटि सहित नेकपामा आएका उनी यसपटक प्रतिनिधिसभामा छिर्ने दाउमा छन् । प्रदेश सरकारका मन्त्री हुँदा धेरै विकासका योजना पारेर जिल्लामा विकासप्रेमी नेताका रूपमा चिनिएका छन् ।

विकासका काममा उनको प्रतिबद्धता र सहयोगी भूमिकाका कारण युवाहरूमा लोकप्रिय छन् । विगतका निर्वाचनमा एक पालिका तत्कालीन माओवादी केन्द्र र एक पालिका जनता समाजवादी पार्टीले जितेका छन् ।

जसपाले उनलाई समर्थन गरेको छ । दुई पालिका प्रमुख र ९ वडामा भएको जनाधार र हाल नेकपाले गत निर्वाचनमा पाएको समानुपातिक मत करिब ८ हजार मतको जगमा उनी जित निकाल्ने दाउमा छन् ।

एक मात्र प्रतिनिधिसभा निवार्चन क्षेत्र भएको ओखलढुंगामा १ लाख २२ हजार मतदाता छन् भने विगतमा हुने दुई पक्षीय प्रतिस्पर्धा अहिले चार उम्मेदवारबीच कडा हुने र लोकप्रिय मत तानेर जित निकाल्ने उनको रणनीति छ ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • बौद्धिक र अनुभवी व्यक्तित्व
  • शासन–प्रशासन र विकास योजनाको अनुभव
  • विपक्षी पार्टीभित्रको असन्तुष्टि

प्रतिकूलता

  • पार्टी परिवर्तन र वैचारिक अस्थिरता
  • कडा बहुपक्षीय प्रतिस्पर्धा
  • नयाँ निर्वाचन चिह्नको चुनौती
शिक्षा
स्नातक
संसदीय अनुभव
कोशी प्रदेश सभा सदस्य २०७४
हालको दल
नेपाली कम्युनिष्ट पार्टी
सरकारको अनुभव
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री (२०७६)

अम्बिरबाबु गुरुङ्गको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित