Home Candidate कुमार लुइँटेल

कांग्रेस बदल्ने समूहका कुमारलाई विरासत धान्ने चुनौती

http://नेपाली%20कांग्रेस
कुमार लुइँटेल
ओखलढुंगा - १ उम्मेदवार

कुमार लुइँटेल

पुरुष , ५२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१३९४८ मत
Profile
Profile

नेपाली कांग्रेसको बलियो इतिहास बोकेको ओखलढुंगाले यसपटक नयाँ अनुहारलाई अगाडि सारेको छ । ठूला राजनीतिक परिवर्तनहरूका योद्धा बलबहादुर राई र उनको लिगेसी सहित ओखलढुंगाबाट चुनाव लड्दै आएका रामहरि खतिवडा यसपटक उम्मेदवार छैनन् । उनको साटो नेतृत्व फेरिएको कांग्रेसले ओखलढुंगाबाट कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ ।

२०३० साल असोजमा ओखलढुंगाको बलखुमा जन्मिएका कुमार विद्यार्थी संघबाट राजनीतिमा आएका नेता हुन् । २०४५ सालमा पद्मोदय हाइस्कूल नेवि संघको इकाइ समिति सचिवबाट उनको राजनीति सुरु भएको थियो।

विज्ञान तथा द्वन्द्व शान्ति र विकास अध्ययनमा स्नातकोत्तर लुइँटेल २०४७ देखि २०५१ सालसम्म नेविसंघको इकाइ सदस्य र उपसभापति रहे । केन्द्रीय समिति अन्तर्गत विभिन्न उपसमितिमा काम गरेका उनी २०५३ सालमा नेविसंघ ओखलढुंगाको कोषाध्यक्ष र २०६३ मा केन्द्रीय सदस्य भए । २०६२\०६३ को दोस्रो जनआन्दोलनमा उनले महत्त्वपूर्ण भूमिका निभाए ।

त्यसबेला उनले जनआन्दोलन परिचालन समितिको जिल्लाको सचिव भएर काम गरेका थिए । २०६४ सालमा कांग्रेस ओखलढुंगाको जिल्ला सदस्य र २०६५ मा सहसचिव भए । २०६८ यता निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन् ।

गगन थापा स्वास्थ्यमन्त्री हुँदा सल्लाहकार रहेका उनी पहिलोपटक संसदीय निर्वाचन लड्दैछन् । अरू दलका उम्मेदवार भन्दा उनी अध्ययन र पार्टी राजनीतिका हिसाबले अनुभवी मानिन्छन् ।

रामहरि खतिवडालाई पछि पार्दै टिकट पाएका उनी नेकपाका अम्बिरबाबु गुरुङ, एमालेकी अस्मिता थापा र रास्वपाका विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गरेर जित निकाल्ने दाउमा छन् ।

प्रमुख प्रतिस्पर्धी दल एमालेका पदाधिकारीहरू नेकपामा गएपछि एमालेका उम्मेदवार थापासँग प्रतिस्पर्धा केही सहज हुने अनुमान गरिएको छ 

Battleground Analysis

अनुकूलता

  • बौद्धिक, अध्ययनशील र निष्ठावान् छवि
  • नेविसंघ हुँदै कांग्रेसको तल्लो तहमा काम गरेको अनुभव
  • विपक्षी दलमा आन्तरिक कलह

प्रतिकूलता

  • टिकट वितरणपछिको असन्तुष्टि
  • पहिलो प्रत्यक्ष चुनावी प्रतिस्पर्धा
  • शक्तिशाली प्रतिस्पर्धीहरू
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस

कुमार लुइँटेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित