Home Candidate आरेन राई

खरो बोल्ने आरेन श्रम संस्कृतिका उम्मेदवार

http://श्रम%20संस्कृति%20पार्टी
आरेन राई
खोटाङ - १ उम्मेदवार

आरेन राई

पुरुष , २९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१६६१२ मत
विजयी
Profile
Profile

मंगोल नेसनल अर्गनाइजेसनमा सात वर्ष काम गरेका आरेन अन्तमाः श्रम संस्कति पार्टीमा जोडिन पुगेका हुन् । आक्रामक अभिव्यक्ति दिन सक्ने आरेन पार्टी पंक्तीमा भने निःस्वार्थ र मिलनसार नेतृत्वको रूपमा चिनिन्छन् ।  

०००

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्नै गृहजिल्ला खोटाङबाट उठ्ने चर्चा थियो । तर साम्पाङले धरान उपमहानगरपालिका समेटिएको सुनसरी क्षेत्र नम्बर १ नै रोजे ।

श्रम संस्कृति पार्टीले खोटाङबाट भने महासचिव आरेन राईलाई प्रतिनिधिसभा उम्मेदवारको रूपमा अघि सारेको छ ।

आरेन युवा व्यवसायी हुन् । २९ वर्ष पुगेका राई आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउँछन् । उनी आफ्नो विषयवस्तुमाथि धारा प्रवाह अभिव्यक्ति दिन सक्छन् । खरो रूपमा प्रस्तुत हुन्छन् ।

केपिलासगढी गाउँपालिका–१ फेदीमा २०५३ साल असोज ८ गते जन्मिएका आरेन स्नातक तहमा अध्ययनरत छन् । उनीसँग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ६५ जिल्लाको यात्रा गरेको, नेपाली जनजीवनलाई नियालेको अनुभव छ ।

आरेनको औपचारिक राजनीतिक यात्रा भने २०६८ सालदेखि सुरु भएको हो । नेकपा माओवादीको साधारण सदस्य बनेर सुरु भएको राजनीतिक यात्रा राष्ट्रवादी केन्द्र, मंगोल नेसनल अर्गनाइजेसन हुँदै श्रम संस्कृति पार्टीमा पुगेको हो ।

२०७१ सालमा उनी राष्ट्रवादी केन्द्र नेपालको केन्द्रीय सदस्य र २०७२ सालमा राष्ट्रवादी युवा संघको केन्द्रीय उपाध्यक्ष बनेका थिए । २०७४ मा मंगोल नेसनल अर्गनाइजेसनमा आवद्ध भए ।

मंगोल नेसनल अर्गनाइजेसनमा सात वर्ष काम गरेका आरेन अन्तमाः श्रम संस्कति पार्टीमा जोडिन पुगेका हुन् । आक्रामक अभिव्यक्ति दिन सक्ने आरेन पार्टी पंक्तिमा भने निःस्वार्थ र मिलनसार नेतृत्वको रूपमा चिनिन्छन् ।

Battleground Analysis

अनुकूलता

  • युवा पुस्ताको प्रतिनिधित्व, ऊर्जाशील नेतृत्व
  • विभिन्न संगठनमा काम गरेको अनुभव
  • धाराप्रवाह र खरो अभिव्यक्ति दिन सक्ने क्षमता

प्रतिकूलता

  • पार्टी परिवर्तन गरिरहँदा स्थायित्व र वैचारिक प्रतिबद्धतामाथि प्रश्न
  • नीति निर्माण तहमा प्रत्यक्ष अनुभव कम
  • आक्रामक अभिव्यक्तिको जोखिम
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
श्रम संस्कृति पार्टी

आरेन राईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित