Home Candidate भानु भक्त ढकाल

गृह जिल्लामा पहिलो परीक्षा

http://नेकपा%20एमाले
भानु भक्त ढकाल
तेह्रथुम - १ उम्मेदवार

भानु भक्त ढकाल

पुरुष , ६४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

यसअघि चुनाव लड्दै आएको क्षेत्र (मोरङ-३) छाडेर तेह्रथुम फर्किएका ढकालले जन्मभूमिप्रतिको मोह र दायित्व पूरा गर्न आएको बताएका छन् ।

०००

नेकपा एमालेका सचिव भानुभक्त ढकाल यसपटक तेह्रथुमबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका छन् । यसअघि चुनाव लड्दै आएको क्षेत्र (मोरङ-३) छाडेर तेह्रथुम फर्किएका ढकालले जन्मभूमिप्रतिको मोह र दायित्व पूरा गर्न आएको बताएका छन् ।

चुनावी प्रचारमा उनले लेखेका छन्-  जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।

अर्थात् आफू जन्मिएको जिल्ला, जन्म दिने आमा तूल्य भएकाले तेह्रथुमबाट उम्मेदवारी दिएको ढकालले प्रष्टोक्ति दिएका छन् ।

६४ वर्षीय ढकाल तेह्रथुमको छथर गाउँपालिका, ओख्रेमा जन्मिएका थिए । २०३७ सालमा जिल्लाकै म्याङलुङस्थित सिंहबाहिनी व्यावसायिक माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनी अनेरास्ववियुमा आबद्ध भए । यही नै उनको राजनीतिक यात्रा बन्न पुग्यो ।

प्रारम्भिक कमिटी अध्यक्षबाट सुरु भएको ढकालको विद्यार्थी राजनीति तेह्रथुम जिल्ला अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रीय महासचिवसम्म पुग्यो । विद्यार्थी राजनीति गर्दा उनी काठमाडौ अध्यक्ष र नेपाल ल क्याम्पसको कोषाध्यक्ष भए ।

२०५३ सालपछि भने ढकालको राजनीति मूल पार्टी एमालेतर्फ बढ्यो। २०४५ सालमा पार्टी सदस्यता पाएका ढकाल स्थानीय निकाय विभागका सचिव, कोसी अञ्चल समन्वय सदस्य, केन्द्रीय प्रचार विभाग सदस्य हुँदै २०६५ मा केन्द्रीय कमिटी सदस्य बने ।

पार्टी केन्द्रीय कमिटीमा रहदा उनले संगठन विभाग उपप्रमुख,  विद्यार्थी फाँट प्रमुख र मोर्चा समन्वय विभाग प्रमुख जस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । २०७१ सालमा पोलिटब्युरो र २०७९ सालमा स्थायी कमिटी सदस्य भएका ढकाल गत मंसिरको एघारौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिव पदमा निर्वाचित भए ।

ढकालको संसदीय राजनीति भने २०७० सालको दोस्रो संविधान सभामा समानुपितक सांसद बनेर सुरु भयो । त्यसबेला उनी उनले संविधान मस्यौदा समिति सदस्य र प्रमुख सचेतकको हैसियतमा काम गरेका थिए ।

२०७४ सालको चुनावमा ढकालले मोरङ-३ बाट जितेर मन्त्री भए । केपी शर्मा ओली नेतृत्वको सरकारमा उनले स्वास्थ्य, कानुन जस्ता मन्त्रालयहरु चलाउने अवसर पाए ।

स्वास्थ्य मन्त्रीका रूपमा ३९६ स्थानीय तहमा एकैसाथ ५, १० र १५ बेडका अस्पताल शिलान्यास गरेकोदेखि कोभिड संकटमा कुशलतापूर्वक मन्त्रालय सम्हालेको दाबी उनले गर्दै आएका छन् ।

यद्यपि उनी त्यसबेला धेरै विवादित हुने मन्त्री मध्ये एक थिए ।

तर पार्टीका अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र भएकाले विवादित पृष्ठभूमिले उनको राजनीतिक यात्रामा कुनै असर गरेन । पार्टीको नेतृत्वमा ओली आएपछि लगातारजस्तो सुविधाको पद लिइरहेपनि उनले २०७९ को चुनाव जित्न सकेनन् । तर मोरङ-३ बाट पराजित भएपछि क्षेत्र फेर्दै ढकालले तेह्रथुमको टिकट पाएका छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • अनुभवी र राजकीय पहुँच
  • जन्मभूमि र जनताप्रति सेवाको प्रतिबद्धता
  • विकास र प्रशासनमा अनुभव ।

प्रतिकूलता

  • विवादास्पद छवि
  • क्षेत्र परिवर्तनको असर
  • जिल्लाका आकांक्षीहरूको व्यवस्थापन
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७४)
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
संघीय सरकारमा विभिन्न समयमा स्वास्थ्य, कानुनमन्त्री

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसधा सदस्य निर्वाचन २०७९ मोरङ-३ सुनीलकुमार शर्मा ४८६१३ २५८९५ २२७१८ पराजित
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मोरङ-३ सुनीलकुमार शर्मा ४०५०६ ४२४१३ १९०७ विजयी

भानु भक्त ढकालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित