Home Candidate चन्द्रबहादुर शाही

अनुभवी नेता शाहीको चुनावी परीक्षा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
चन्द्रबहादुर शाही
मुगु - १ उम्मेदवार

चन्द्रबहादुर शाही

पुरुष , ६४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

२०७४ सालमा प्रदेशसभा सदस्यमा चन्द्रबहादुरले जसलाई हराएका थिए उनै खड्ग शाही कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । अर्थात्, यी दुई फेरि चुनावी प्रतिस्प्रर्धामा छन् ।

०००

६४ वर्षीय चन्द्रबहादुर शाही मुगुबाट तेसो पटक चुनावी जीतको खोजीमा छन् । २०१८ साल जेठ २५ गते मुगुको सोरु गाउँपालिका जवलधारामा जन्मिएका उनी २०४८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् ।

चन्द्रबहादुरले २०५६ सालको संसदीय निर्वाचन जितेका थिए । २०७४ सालमा प्रदेशसभा सदस्यको चुनाव जिते । यसपटक मुगुबाटै प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । स्थानीय राजनीतिमा उनी अनुभवी खेलाडीका रूपमा चिनिन्छन् । तर, प्रतिनिधिसभामा पछिल्ला दुई चुनावमा उनी संलग्न पार्टीले चुनाव जितेको छैन ।

२०७९ सालमा मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही ठकुरी १४ हजार ७०६ मत ल्याएर निर्वाचित भएका थिए । दोस्रोमा एमालेका राजबहादुर कार्की थिए । कार्कीले १० हजार ७१० मत ल्याएका थिए ।

२०७४ सालमा भने मुगुबाट एमालेका गोपालबहादुर बम १३ हजार ३४ मत ल्याएर विजयी भएका थिए । त्यसबेला कांग्रेसका हस्तबहादुर मल्ल ९ हजार ८६१ मत ल्याएर दोस्रो भएका थिए ।

तर, २०७४ सालमा प्रदेशसभा सदस्यमा चन्द्रबहादुरले जसलाई हराएका थिए उनै खड्ग शाही कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । अर्थात्, यी दुई फेरि चुनावी प्रतिस्प्रर्धामा छन् ।

२०७४ सालको प्रदेश सभा सदस्यमा चन्द्रबहादुर एमालेबाट उम्मेदवार थिए । ६ हजार ८४५ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका खड्ग भने ४ हजार ६१२ मत ल्याएका दोस्रो भएका थिए ।

यसपटक चन्द्रबहादुर नेपाली कम्युनिस्ट पार्टीबट उम्मेदवार छन् । २०७८ सालमा एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।  

मुगुमा उनीसहित सात जना उम्मेदवार छन् । एमालेबाट पूर्णबहादुर रोकाया, राष्ट्रिय स्वतन्त्र पाटीबाट भुवन टमाटा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बलबहादुर मल्ल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ऐटन मल्ल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रंगविर परियार उम्मेदवार छन् ।

मुगुमा ३६ हजार ३१ मतदाता छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • परीक्षित र अनुभवी नेतृत्व
  • पुरानो विरासत र पकड
  • स्थानीय विकासमा संलग्नता

प्रतिकूलता

  • पार्टी परिवर्तन र सांगठनिक चुनौती
  • एन्टी-इन्कम्बेन्सी र नयाँ लहर
  • बहुपक्षीय प्रतिस्पर्धा

चन्द्रबहादुर शाहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित