Home Candidate चतुरबहादुर चन्द

क्रिकेटका कुशल व्यवस्थापकको राजनीतिक इनिङ

http://नेपाली%20कांग्रेस
चतुरबहादुर चन्द
बैतडी - १ उम्मेदवार

चतुरबहादुर चन्द

पुरुष , ५४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१८१९४ मत
Profile
Profile

नेपाल क्रिकेट संघको अध्यक्षका रूपमा उनले पाएको सफलता र नेपाली क्रिकेटले हात पारेको अन्तर्राष्ट्रिय उपलब्धिले गर्दा उनी युवा र खेलप्रेमीहरूमाझ लोकप्रिय छन्।  उनको यो 'ग्लोबल' छवि बैतडीको चुनावी मैदानमा बलियो अस्त्र हुन सक्छ।

०००

बैतडीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार रहेका चतुरबहादुर चन्द क्रिकेटका सफल व्यवस्थापकको रूपमा चिनिन्छन् । करिब तीन दशकदेखि नेपाली क्रिकेटको व्यवस्थापकीय जिम्मेवारीमा रहेका उनी हाल पनि नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष छ ।

उनको परिचय क्रिकेटमा मात्र सीमित भने छैन । उनी नेपाली कांग्रेस पार्टीबाट राजनीतिमा समेत क्रियाशील छन् । २०७२ मा कांग्रेस जिल्ला कार्यसमिति बैतडीको उपसभापति हुँदै २०७८ देखि बैतडी कांग्रेसको सभापतिको जिम्मेवारी निभाइरहेका छन् । कांग्रेसले यसपटक उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

२०५५ सालमा जिल्ला क्रिकेट संघ बैतडीको संस्थापक अध्यक्ष भएका चतुरबहादुर विगत १० वर्षदेखि नेपाल क्रिकेट संघ क्यानको नेतृत्व सम्हाल्दै आएका छन् । उनको नेतृत्वमा नेपाली क्रिकेटले केही विकास गरेको छ । तर, यो अझै अपूर्ण छ । यो उनी आफैं स्वीकार गर्छन् । ‘नेपाली क्रिकेटको विकास जुनस्तरमा हुनु पर्ने हो त्यो हुन सकेको छैन । यसका लागि पनि नीति निर्माण तहमा हस्तक्षेपकारी भूमिका आवश्यक देखेर म राजनीतिमा अघि बढेको हुँ,’ उनी भन्छन्, ‘सदन त्यस्तो थलो हो, जहाँबाट नीतिगत रूपमै क्रिकेट विकासमा ठूलो योगदान दिन सकिन्छ भन्ने मलाई लागेको छ ।’

क्रिकेट विकासका लागि नीति निर्माण तहमा 'हस्तक्षेपकारी' भूमिका खेल्ने उनको अठोट छ।

राजनीतिसँगै क्रिकेटको क्षेत्रमा उनले पुर्‍याएको योगदान सम्झिएर नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो । यतिबेला उनी सिंगो पार्टीलाई एकढिक्का बनाएर चुनावी अभियानमा जुटेका छन् ।

राजनीतिमा उनको लगाव र सक्रियता विद्यार्थीकालदेखिकै हो । २०४७ सालमा अमृत साइन्स क्याम्पसमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरुवात गरेका चतुरबहादुरले २०६१ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका थिए ।

विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसकेका उनले २०७२ मा काँग्रेस जिल्ला कार्यसमिति बैतडीका उपसभापति हुँदै २०७८ सालदेखि बैतडीको जिल्ला सभापतिको रूपमा काम गरिरहेका छन् ।

२० वर्ष शिक्षण पेशामा बिताएका चतुरबहादुरले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । करिब ३ दशक क्रिकेटमा रहेका उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आईसीसी लङ सर्भिस अवार्डसमेत प्रदान गरेको छ । उनी नेपाल सरकारबाट श्री जन सेवा श्री पञ्चमबाट सम्मानित भइसकेका छन् ।

करिब २० देश भ्रमण गरिसकेका चतुरबहादुरले विकसित राष्ट्रहरूको भौतिक विकास, मानवीय विकास, विज्ञान तथा प्रविधि र खेलकुद क्षेत्रको योजना एवं विकासको जगलाई नजिकबाट अवलोकन गरेका छन् ।  नेपाल जस्तो भू–परिवेष्ठित राष्ट्रमा उक्त मोडलबाट प्राप्त अनुभवलाई समअनुकुल कसरी प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान हासिल गरेको चतुर बताउँछन् ।

Battleground Analysis

अनुकूलता

  • लोकप्रिय, 'क्यान'का सफल अध्यक्ष
  • नीतिगत हस्तक्षेपको एजेन्डा
  • बलियाे पार्टी संगठन

प्रतिकूलता

  • सधैं शक्तिमा रहेको आरोप
  • बलिया प्रतिस्पर्धी
  • सत्ताविरोधी भावना
हालको दल
नेपाली कांग्रेस

चतुरबहादुर चन्दको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

चतुरबहादुर चन्द
१८१९४
हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी
२२१३४
दामोदर भण्डारी नेकपा एमाले
१७०९१
VS