Home Candidate प्रमानन्द भट्ट

स्थानीय निकायको अनुभव लिएर संसद् छिर्ने लक्ष्य

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
प्रमानन्द भट्ट
बैतडी - १ उम्मेदवार

प्रमानन्द भट्ट

पुरुष , ६० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
६९६५ मत
Profile
Profile

परमानन्द भट्ट बैतडीको राजनीतिमा संयमित, सोचविचार गरेर निर्णय लिने र भूगोलको गहिरो ज्ञान राख्ने नेताका रूपमा चिनिन्छन् । बैतडीको सूर्नया गाउँपालिका–४ का स्थायी बासिन्दा भट्टको जन्म २०२२ साल फागुन ७ गते भएको हो । कानूनमा स्नातक गरेका भट्ट राजनीतिलाई आवेगभन्दा बढी विवेक र अध्ययनसँग जोड्ने नेताका रूपमा परिचित छन् ।

उनको राजनीतिक यात्रा नेकपा एमालेसँगै सुरु भएको हो । २०४९ सालमा उनी एमाले बैतडीको जिल्ला सचिव बनेर संगठन विस्तार र पार्टी सुदृढीकरणमा सक्रिय रहे। एमाले बैतडीका संस्थापक नेतामध्ये एक मानिने भट्ट २०५३ सालमा प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बने।

उक्त निर्वाचनमा उनी पराजित भए पनि त्यसमा आफ्ना करिब १६ सय मत बदर हुनु पराजयको एउटा प्रमुख कारण रहेको उनी स्वयं उल्लेख गर्दै आएका छन्।

कुनै मन्त्री वा राजकीय पदमा नपुगेका भए पनि भट्ट बैतडीको भौगोलिक अवस्था, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बसाइँसराइका समस्याबारे राम्रो जानकारी राख्ने नेताका रूपमा चिनिन्छन् ।

जनप्रतिनिधिका रूपमा भने उनले २०५४ सालमा जिल्ला विकास समिति सभापतिको जिम्मेवारी सम्हाले। यस अवधिमा स्थानीय विकास, योजना छनोट र जिल्लाका प्राथमिक आवश्यकतामा काम गर्ने अवसर उनले पाए ।

अहिलेसम्म कुनै मन्त्री वा राजकीय पदमा नपुगेका भए पनि भट्ट बैतडीको भौगोलिक अवस्था, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बसाइँसराइका समस्याबारे राम्रो जानकारी राख्ने नेताका रूपमा चिनिन्छन् । यही ज्ञानका कारण विकासका काममा आफू प्रभावकारी हुन सक्ने दाबी उनी गर्छन् ।

पार्टीभित्र पनि उनले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन्। नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोग सदस्यका रूपमा रहेर काम गरेको अनुभव उनीसँग छ ।

एमाले विभाजनपछि भने उनी तत्कालीन नेकपा एकीकृत समाजवादीतर्फ लागे। समाजवादी पार्टीमा उनी केन्द्रीय पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्जको जिम्मेवारीमा पुगे, जहाँ उनले संगठन व्यवस्थापन र पार्टी अनुशासनको भूमिका निभाए। पछिल्लो राजनीतिक फेरबदलसँगै समाजवादी पार्टी र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा उनी अहिले आबद्ध छन् ।

यही नेकपाले परमानन्द भट्टलाई बैतडीको उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ।

Battleground Analysis

अनुकूलता

  • कानूनका जानकार भएकाले नीतिगत विषयमा निर्णय लिने क्षमता
  • बैतडीको भूगोल र स्थानीय समस्याबारे ज्ञान
  • जिल्ला विकास समिति सभापति र पार्टी संगठनको अनुभव

प्रतिकूलता

  • पार्टी विभाजन र एकीकरणका कारण पुराना मतदाता यताउता हुनु
  • राष्ट्रिय तहको कार्यकारी भूमिकाको अनुभव नहुनु
शिक्षा
स्नातक
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

प्रमानन्द भट्टको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

प्रमानन्द भट्ट
६९६५
हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी
२२१३४
चतुरबहादुर चन्द नेपाली कांग्रेस
१८१९४
VS