Home Candidate धर्माशिला चापागाईं

माओवादी युद्धबाट खारिएकी नेतृ फेरि संसदीय प्रतिस्पर्धामा

झापा - २ उम्मेदवार

धर्माशिला चापागाईं

नेपाली कम्युनिस्ट पार्टी
महिला , ५३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

माओवादीले भूमिगत सशस्त्र आन्दोलन गरिरहेका बेलामा पूर्व क्षेत्रमा रहेका काम गरेकी एक संघर्षशील महिला नेतृ हुन्- धर्मशीला चापागाई । उनी अहिले झापा-२ बाट नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी छन् । उनी झापा जिल्लाकै स्थानीय हुन् ।

संगठित राजनीतिमा प्रवेश गरेदेखि नै उनले राजनीति व्यक्तिगत उन्नतिको माध्यम होइन, सामाजिक न्याय र सेवाको क्षेत्र हो भन्ने मान्यतालाई आत्मसात् गर्दै आएकी छन्।

उनले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा झापा-३ बाट चुनाव जितेकी थिइन् । तत्कालीन चुनावी सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई हराएपछि उनको चर्चा चुलिएको थियो । उनी २०७४ सालको चुनावमा प्रतिनिधि सभा निर्वाचनमा उनी समानुपातिक प्रणालीमार्फत संघीय सांसदका रूपमा निर्वाचित भइन् ।

२०७५ देखि २०७९ सम्मको कार्यकालमा उनले संघीय संसदमा रहेर नीति निर्माण प्रक्रिया, सामाजिक न्याय, महिला अधिकार तथा सीमान्तकृत समुदायका मुद्दामा सक्रिय सहभागिता जनाइन् । सांसदको रुपमा काम गरेपनि उनले अन्य जिम्मेवारी भने सम्हालेकी छैनन् ।

धर्मशीला चापागाईं माओवादी युद्धको संघर्षबाट खारिएकी, संगठनमा हुर्किएकी र संसदसम्म पुगेकी नेतृ हुन् । २०६४ को संविधान सभा चुनावका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई हराएर चर्चामा आएकी थिइन् । कार्यकारी शक्तिभन्दा नीति, संगठन र जनसम्पर्कलाई प्राथमिकता दिने उनको राजनीतिक शैलीलाई यसपटक झापा-२ अनुमोदन गर्ला कि नगर्ला ?


संसद सदस्यका रूपमा राज्य सञ्चालनसँग सम्बन्धित छलफल र निर्णय प्रक्रियामा उनको भूमिका निरन्तर रह्यो। यसका अतिरिक्त २०७५ सालमा उनी झापा जिल्ला समन्वय समितिको सदस्यसमेत भइन्, जहाँबाट उनले स्थानीय तह र संघीय संरचनाबीच समन्वयको जिम्मेवारी निर्वाह गरिन्।

राजनीतिक स्वभावको कुरा गर्दा धर्मशीला चापागाईं संगठनमुखी, अनुशासित र जनमैत्री नेतृका रूपमा चिनिन्छिन् ।

लामो समय पार्टी संगठनमा सक्रिय रहेकाले उनी संरचनागत राजनीति र कार्यकर्ताको मनोविज्ञान दुवै बुझ्ने क्षमता राख्छिन् । उनी निकटका अनुसार उनी सरल जीवनशैली, पहुँचयोग्य व्यवहार र मुद्दामा केन्द्रित सोच राख्छिन् ।

उनी आफ्नो कुरा स्पष्ट रुपमा राख्छिन् । यसपटक पनि उनको झापा-२ मा कडा टक्टर पर्दैछ । उनीसँगको प्रतिस्पर्धामा एमालेबाट निवर्तमान सभामुख देवराज घिमिरे उम्मेदवार छन् । त्यस्तै रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर उम्मेदवार बनेका छन् ।

यो क्षेत्रमा गत निर्वाचनमा उल्लेख्य मत ल्याएका स्वतन्त्र उम्मेदवार स्वागत नेपाल राप्रपा छिरेर उम्मेदवार भएका छन् । त्यसैले यसपटक पनि उनी पूर्वसभामुख जस्तो हेभिवेट नेतासँग प्रतिस्पर्धामा छन् ।

धर्मशीला चापागाईं संघर्षबाट खारिएकी, संगठनमा हुर्किएकी र संसदसम्म पुगेकी नेतृ हुन् । कार्यकारी शक्तिभन्दा नीति, संगठन र जनसम्पर्कलाई प्राथमिकता दिने उनको राजनीतिक शैलीले यसपटक झापा-२ अनुमोदन गर्ला कि नगर्ला ? चुनावी परिणाम पर्खिनै पर्छ ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  •  माओवादी युद्धदेखि संघर्ष र संगठनबाट खारिएकी नेतृ
  •  संसदीय अनुभव र नीतिगत पकड
  •  स्थानीय पहिचान र जनमैत्री स्वभाव

प्रतिकूलता

  • अत्यन्त कडा र हेभिवेट प्रतिस्पर्धा
  •  कार्यकारी भूमिकाको अनुभव नहुनु
  •  पूर्वमाओवादीप्रतिको मिश्रित जनधारणा
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

धर्माशिला चापागाईं को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित