Home Candidate सरिता प्रसाई

सभामुख र उपसभामुखसँग आमनेसामने

http://नेपाली%20कांग्रेस
सरिता प्रसाई
झापा - २ उम्मेदवार

सरिता प्रसाई

महिला , ५८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
५६१६ मत
Profile
Profile

दुई पटक समानुपातिक सांसद भइसकेकी प्रसाईं पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन् । उनको भिडन्त विघटित प्रतिनिधिसभाका सभामुख घिमिरे र उपसभामुख राना मगरसँग हुँदैछ ।

०००

नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईं पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेकी छन् । उनले झापा क्षेत्र नम्बर २ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी हुन् ।

१० साउन २०२४ मा जन्मिएकी प्रसाईं कांग्रेसको भ्रातृ संस्था नेविसंघ र तरुणमा क्रियाशील भई पार्टी राजनीतिमा पुगेकी हुन् ।

पञ्चायतकालीन समय (२०३९ ) सालमा उनी नेविसंघमा आवद्द भएकी थिइन् । उनी २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य बनिन् । मेची बहुमुखी क्याम्पसकी पूर्वविद्यार्थी प्रसाईंले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।

उनको संसदीय यात्रा २०७० सालबाट सुरु भएको हो । दोस्रो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी २०७४ सालमा राष्ट्रिय सभा सदस्य बनिन् । त्यसबेला राष्ट्रिय सभामा कांग्रेसको प्रमुख सचेतक थिइन् ।

२०७४ सालमा उनी कृषि राज्यमन्त्री बनेकी थिइन् । उनी १३औं र १४औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेकी थिइन् ।

प्रसाईं २०७९ सालको निर्वाचनमा पुनः समानुपातिक सांसद बनेर दोस्रो पटक प्रतिनिधि सभामा पुगिन् । तत्कालीन समयमा पार्टी भित्र संस्थापनइतर समूहमा रहेकी उनले नेता डा. शेखर कोइराला पक्षबाट समानुपातिक सांसद बन्ने अवसर पाएकी थिइन् ।

झापास्थित बुद्धशान्ति गाउँपालिकाकी स्थायी बासिन्दा प्रसाईं अविवाहित हुन् । उनी झापा जिल्लाको पार्टी संरचनामा काम नगरी नै केन्द्रीय तहमा पुग्न सफल भएकी नेतृ हुन् ।

पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेकी प्रसाईं झापा-२ मा ‘हेभिवेट’ उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछिन् । विघटित प्रतिनिधिसभाका सभामुख र उपसभामुख उनका प्रतिस्पर्धी छन् ।

पूर्वसभामुख देवराज घिमिरे एमालेबाट, तत्कालीन उपसभामुख इन्दिरा राना मगर रास्वपाबाट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राप्रपाबाट भद्रप्रसाद नेपाल (स्वागत नेपाल) यही क्षेत्रका उम्मेदवार हुन् ।

नेकपाले यो क्षेत्रबाट संविधानसभा सदस्य धर्मशीला चापागाईंलाई उम्मेदवार बनाएको छ । प्रसाईंका लागि यस क्षेत्रमा १७ दलीय र ३ स्वतन्त्र गरी कूल २० जना प्रतिस्पर्धी छन् ।

झापा-२ मा अघिल्लो पटक आफ्नो उम्मेदवार नउठाएको कांग्रेस समानुपातिकमा तेस्रो शक्ति बनेको थियो । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हरिकुमार राना मगरलाई कांग्रेसले समर्थन गर्दासमेत उनले तेस्रो स्थानको मत पाएका थिए ।

अघिल्लो संसदीय निर्वाचनको आधारमा प्रत्यक्ष समानुपातिक दुवैतर्फ यो क्षेत्रमा एमाले पहिलो दल हो । त्यसबेला एमालेका देवराज घिमिरेले २८ हजार ७१६, स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल दोस्रो स्थानको मतसहित २६ हजार ४५५, माओवादी केन्द्रका हरिकुमार राना मगरले १३ हजार ९३०, रास्वपाका रुद्रप्रसाद गिरीले ८ हजार ७८१ मत ल्याएका थिए ।

एमालेको पक्षमा समानुपातिकमा २६ हजार ४९० मत खस्दा रास्वपाले दोस्रो स्थानको मत २२ हजार ५१७ प्राप्त गरेको थियो । कांग्रेसले समानुपातिकमा तेस्रो स्थानको मत १५ हजार ४९८ पाएको थियो ।

झापाका कांग्रेस नेता लोकराज ढकालका अनुसार पार्टी एक ढिक्का भएर नेता/कार्यकर्ता प्रसाईंको पक्षमा लागेका छन् ।

झापालाई खोक्रा भाषणले होइन, ठोस योजना र परिणामले अघि बढाउनुपर्ने चुनावी एजेन्डा लिएर कांग्रेस उम्मेदवार प्रसाईं चुनावी प्रचारमा छन् ।

उनी भन्छिन्, ‘हरेक घर, युवा र आम नागरिकका लागि देखिने र अनुभूति हुने काम चाहिएको छ । सही व्यक्ति, सही ठाउँमा हुनु जरुरी छ । हामीले नेतृत्व छान्दा नाम, हल्ला वा भावनामा होइन, काम गर्ने सोच र इमानदारी हेर्नुपर्छ । जसले समाज बुझ्छ, समस्या सुन्छ र समाधानका लागि मिहिनेत गर्छ ।’

Battleground Analysis

अनुकूलता

  • राजनीतिक अनुभव र केन्द्रीय तहको पहुँच
  • स्थिरता र अनुशासनमा आधारित छवि
  • विशेष महाधिवेशनपछि पार्टी एकढिक्का भएको सन्देश

प्रतिकूलता

  • प्रत्यक्ष चुनावमा पहिलो पटक सहभागी भएकोले अनुभवको कमी
  • अघिल्लो पटक पार्टीले तेस्रो स्थान प्राप्त गरेको असर
  • हेभिवेटसँग प्रतिस्पर्धा र धेरै उम्मेदवार

सरिता प्रसाईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सरिता प्रसाई
५६१६
इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी
६०११०
देवराज घिमिरे नेकपा एमाले
११३६८
VS