Home Candidate ज्ञामनाथ गैरे ‘अनिल’

युद्ध लडेका नेतालाई विरासत धान्ने मौका

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
ज्ञामनाथ गैरे ‘अनिल’
बाग्लुङ - २ उम्मेदवार

ज्ञामनाथ गैरे ‘अनिल’

पुरुष , ४५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१०७०९ मत
Profile
Profile

माओवादीमा निकै संघर्षशील नेताको रूपमा परिचित गैरे देवेन्द्र पौडेलले छोडेको क्षेत्रमा नेकपा उम्मेदवार बनेका छन् । उनलाई विरासत जोगाउने मौका छन् ।

०००

बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ज्ञामनाथ गैरे ‘अनिल’ । यसअघिका दुई निर्वाचनमा यो क्षेत्रमा जित निकालेको नेकपा यस पटक राष्ट्रिय जनमोर्चाको आडमा चुनावी मैदानमा छ ।

 गलकोट नगरपालिका-६ मा जन्मिएका गैरे माओवादीमा निकै संघर्ष गरेका नेताको रूपमा चिनिन्छन् । माओवादीको गण्डकी प्रदेश कमिटी उपाध्यक्षसमेत भइसकेका गैरे दु:ख गरेर अवसर नपाएका नेता हुन् ।

यस पटक भने यसै क्षेत्रबाट निर्वाचित नेता देवेन्द्र पौडेललाई नवलपरासी क्षेत्र नम्बर २ पठाएर नेकपाले गैरेलाई टिकट दिएको हो । गैरेलाई उम्मेदवार बनाउन यहाँका माओवादी एकजुट भएका थिए ।

पौडेलले २०७४ र २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएका थिए । अहिले उनैको क्षेत्रमा गैरे उम्मेदवार छन् ।

अखिल क्रान्तिकारी बागलुङको अध्यक्षदेखि नेकपाको केन्द्रीय सदस्य रहेका गैरे २०५० सालबाट विद्यार्थी राजनीतिमा लागेका हुन् । २०५७ अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय, २०५५ सालबाट भूमिगत जनयुद्ध हुँदै २०५९ मा पार्टी जिल्ला सेक्रेटरी भएका थिए । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश उपाध्यक्ष हुँदै उनी हाल केन्द्रीय समिति सदस्य छन् ।

ज्ञामनाथ गैरे 'अनिल' का लागि यो निर्वाचन "संघर्षको फल" पाउने बेला हो। राष्ट्रिय जनमोर्चाको साथ र माओवादीको सांगठनिक आधार उनको जितको बलियो खम्बा हो।

गैरेलाई २०५४ र ५५ सालमा पक्राउ परी राज्य विरुद्धको अपराधमा समातेर जेल हालिएको थियो ।  नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट बागलुङ-२ बाट चुनावी मैदानमा उत्रेका गैरे दुई दशकदेखि जनताकै माझमा भिजेका नेताको रूपमा चिनिन्छन् ।

उनी विगत दुई दशकभन्दा बढी समयदेखि पार्टी, संगठन र जनताको सेवामा सक्रिय छन् ।

तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धका क्रममा जेल जीवनसमेत बिताएका गैरेले २०५९ सालमा नेकपा (माओवादी) बागलुङ जिल्ला सेक्रेटरीको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका थिए । त्यसपछि पार्टीको केन्द्रीय समितिमा पुगेका उनले पार्टीको जिल्ला सचिवको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

पार्टी शान्तिपूर्ण राजनीतिक यात्रामा आएपछि  गैरेले निरन्तर जनपक्षीय राजनीति, संगठन निर्माण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका निभाउँदै आएका छन् । 

नेकपा उम्मेदवार गैरेले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा सुशासन, सामाजिक न्याय र युवामुखी विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

एमालेकी मञ्जु शर्माको अघिल्लो अनुभव र कांग्रेसको 'नयाँ अनुहार' को चुनौतीलाई पार गर्नु नै उनको सफलताको मुख्य कडी हुनेछ।

उनले सडकको दयनीय अवस्था सुधार, सरकारी विद्यालय र अस्पतालको गुणस्तर अभिवृद्धि, कृषकलाई उत्पादनको उचित मूल्य र संरक्षण तथा स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने प्रतिबद्धता जनाएका छन् ।

भ्रष्टाचारविरुद्ध कठोर नीति, सरकारी सेवामा पारदर्शिता, बजेट निर्माण र कार्यान्वयनमा इमानदार भूमिका निर्वाह गर्ने तथा शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकतासहित आधुनिकीकरण गर्ने उनका प्रमुख एजेन्डा छन् ।

Battleground Analysis

अनुकूलता

  • देवेन्द्र पौडेलको विरासत र संगठनात्मक आधार
  • संघर्षशील तथा निष्ठावान नेताको छवि
  • स्पष्ट एजेन्डा र जनपक्षीय प्रतिबद्धता

प्रतिकूलता

  • पौडेलको व्यक्तिगत लोकप्रियतासँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण
  • वाम गठबन्धनमा निर्भरता
  • क्षेत्रीय विकासको अपूरो अपेक्षा
शिक्षा
प्लस–टू
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

ज्ञामनाथ गैरे ‘अनिल’को प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित