Home Candidate कल्याण आचार्य

सुशासन र धार्मिक पर्यटनको मुद्दा बोकेर कल्याणविक्रम घरदैलोमा

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
कल्याण आचार्य
बाग्लुङ - १ उम्मेदवार

कल्याण आचार्य

पुरुष , ३१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

शान्ति, स्थिरता र सुशासन र नेपालको निर्णायकत्व नेपाली जनताको हातमा रहनुपर्छ भन्ने मान्यताका साथ आचार्य ‘हलो नीति’ लिएर चुनावमा होमिएका छन् ।

०००

बागलुङ क्षेत्र नम्बर १ बाट राप्रपाले युवा उम्मेदवार कल्याणविक्रम आचार्यलाई प्रतिनिधिसभा निर्वाचनको मैदानमा उतारेको छ ।  बागलुङको जैमिनी नगरपाकिला-१ कुश्मिसेरामा जन्मिएका कल्याणविक्रम आचार्यले व्यवस्थापन र कानुन विषयमा स्नातक गरेका छन् ।

परिवर्तन युवाबाटै सम्भव रहको बताउने आचार्य राप्रपाको युवा संगठन हाँक्दै आएका छन् । पूर्वसञ्चारकर्मी, उपन्यासकार र व्यवसायमा संलग्न रहेका आचार्य राप्रपा सम्बद्ध युवा संगठन केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा छन् ।

शान्ति, स्थिरता र सुशासन र नेपालको निर्णायकत्व नेपाली जनताको हातमा रहनुपर्छ भन्ने मान्यताका साथ आफू ‘हलो नीति’ लिएर चुनावमा होमिएको उनी बताउँछन् ।

आचार्यले धार्मिक आस्थासँग जोडिएको कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिलाको संरक्षण गर्दै नदी दोहन बन्द गर्न आफूले संसद्‌मा पुगेपछि आवाज उठाउने बताए ।

कालीगण्डकी किनारका क्षेत्रलाई शालिग्राम करिडोरको रूपमा विकास गरी नदीको अनावश्यक दोहन बन्द गर्नुका साथै बागलुङलाई धार्मिक पर्यटनको केन्द्र बनाई दामोदर कुण्डदेखि त्रिवेणी धाम जोड्ने धार्मिक रुटको विकासमा योगदान गर्छु,’ आचार्यले भने, ‘धौलागिरि प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोडलमा विकास गरी अध्यापन सुरु गर्न पहल गर्छु ।’

नवप्रवर्तनमा आधारित शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि नीति अवलम्बनको लक्ष्यका साथ घरदैलोमा हिँडिरहेको उनको भनाइ छ ।

राष्ट्रिय एकता र स्थिरताका लागि अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्यको स्थापना, शासकीय स्थिरता र विकासका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाकाका लागि राप्रपा निर्वाचनमा होमिएको आचार्यको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

 शहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म ‘एक घर, एक धारा’ अभियानलाई पूर्णता दिँदै मुहानमै अल्ट्रा-फिल्ट्रेसन प्रणाली जडान गर्ने योजना आचार्यले सुनाए । उनले बागलुङलाई आईटी हब र फ्रिल्यान्सिङ ट्रेनिङ सेन्टर सञ्चालन गर्न आफूले पहल गर्ने जानकारी दिए ।

बागलुङ कालिका, जैमिनी धाम, पञ्चकोट, शालिग्राम संग्रहालय, गाजाको दह, हाँडिकोट, भकुन्डे, बेलढुङ्गा, बौर, बलेवा भैरवस्थान लगायतका गन्तव्यलाई विश्वकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्न आफूलाई मत दिनुपर्ने उनको दाबी छ ।

साहसिक पर्यटन र ट्रेकिङका नयाँ सम्भावनाहरूको खोजी, सार्वजनिक जग्गाको खोजतलास र धार्मिक-सांस्कृतिक सम्पदाको संरक्षण गरिने र सरकारी वेतनधारी दलीय भ्रातृ संगठनहरूको पूर्ण खारेजी गरिने उनले आफ्नो हलो नीतिमा उल्लेख गरेका छन् ।

राष्ट्रसेवक कर्मचारीहरूको सेवा-सुविधा वृद्धि र साना ऋणी एवं निर्माण व्यवसायीहरूलाई राहत प्याकेज उपलब्ध गराउँदै बागलुङका हरेक बेथितिविरुद्ध सदनमा बुलन्द आवाज उठाउँदै यस क्षेत्रका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्नका लागि मत माग्दै आचार्य घरदैलोमा पुगेका छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • राजवादी र धार्मिक मत पाउने संभावना
  • पहिचानमुखी मुद्दा
  • नीतिगत बहस र सार्वजनिक प्रस्तुतीकरणमा मजबुत आधार

प्रतिकूलता

  • राप्रपाको सीमित संगठनात्मक प्रभाव
  • राजसंस्था र हिन्दू राष्ट्र एजेन्डामा मत विभाजनको सम्भावना
  • प्रत्यक्ष संसदीय अनुभवको अभाव
शिक्षा
स्नातक
हालको दल
राष्ट्रिय प्रजातन्त्र पार्टी

कल्याण आचार्यको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित