Home Candidate हिराबहादुर खत्री

दुई हारपछि तेस्रो प्रयासमा जितको खोजी

http://नेकपा%20एमाले
हिराबहादुर खत्री
बाग्लुङ - १ उम्मेदवार

हिराबहादुर खत्री

पुरुष , ५० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

२०७० सालको संविधानसभा निर्वाचन र २०७९ को प्रदेशसभा सदस्यमा पराजित केसी जनअनुमोदनका लागि तेस्रो पटक चुनावी मैदानमा होमिएका छन् ।

०००

नेकपा एमालेले बागलुङ क्षेत्र नम्बर १ बाट हिराबहादुर केसीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

२०३२ सालमा बागलुङको काठेखोला गाउँपालिका-३ धम्जामा जन्मेका केसी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । २०५० देखि २०६० सम्म अनेरास्ववियुमा आवद्ध रही विद्यार्थी राजनीतिमा सक्रिय उनी बागलुङमा परिचित नाम हो ।

केसीले दुई कार्यकाल नेकपा एमाले बागलुङ जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

विद्यार्थीको हक-अधिकार, वैज्ञानिक र गुणस्तरीय शिक्षाका लागि निरन्तर संघर्ष गर्दै आएका उनी २०५७ सालमा स्वतन्त्र विद्यार्थी युनियन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङको सभापति बनेका थिए । विद्यार्थीबीच लोकप्रिय नेताका रूपमा उदाएका केसी जनताका बीचमा भने उपविजेताका रूपमै रहनुपरेको छ ।

२०७० सालको संविधानसभा निर्वाचन र २०७९ को गण्डकी प्रदेश सभा सदस्यमा पराजित केसीलाई पार्टीले विश्वास गरेर पटक-पटक टिकट दिँदै आएको छ ।

२०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका हरि खड्का १३ हजार ५०० मत प्राप्त गरी निर्वाचित हुँदा एमालेका केसीले ११ हजार ९६३ मत ल्याएका थिए ।

यस्तै उनी २०७९ को गण्डकी प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसकै दिपेन्द्रबहादुर थापा मगरसँग एक हजार ४८० मतान्तरले पराजित भएका थिए । थापाले १३ हजार ८९८ प्राप्त गरी विजयी हुँदा केसीले १२ हजार ४१८ मत प्राप्त गरेका थिए ।

दुई पटक चुनावी प्रतिस्पर्धामा पराजित केसी अहिले तेस्रो पटक चुनावी मैदानमा छन् । २०५० बाट विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका उनी तेस्रो प्रयासमा अनुमोदन हुने प्रयासमा छन् ।

विद्यार्थी संगठनको जिल्ला, अञ्चल हुँदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै केसी दुई कार्यकाल एमाले जिल्ला अध्यक्ष भइसकेका छन् ।

देशलाई सही बाटोमा फर्काउने ऐतिहासिक अवसरका रूपमा निर्वाचनमा होमिएको उनले बताएका छन् । ‘फागुन २१ को चुनाव केवल जित्नका लागि मात्रै होइन, यो राष्ट्रिय पुनर्निर्माणको ऐतिहासिक अवसर हो,’ उनले भने ।

केसीले ४० भन्दा बढी विकसित तथा विकासोन्मुख देशहरूको भ्रमणमार्फत विकासका मोडेल, युवा नीति, सामाजिक संरचना र अवसर-चुनौतीको प्रत्यक्ष अनुभव लिने अवसर पाएका छन् । केन्द्रको राजनीतिक सम्भावनाभन्दा आफ्नै जिल्लाको माटो रोज्दै तीन दशकदेखि जनताको सुख-दुःखमा सँगै रहेको उनले बताएका छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक अनुभव र संगठनात्मक पकड
  • पार्टी नेतृत्वको भरोसा र आन्तरिक समर्थन
  • अन्तर्राष्ट्रिय अनुभव र विकास दृष्टिकोण

प्रतिकूलता

  • अघिल्ला निर्वाचनमा पराजयको इतिहास
  • कांग्रेससँग कडा प्रतिस्पर्धा
  • मतान्तरको दबाब र जनअपेक्षा
संसदीय अनुभव
संविधानसभा सदस्य (२०७०)
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
संविधानसभा सदस्य निर्वाचन २०७० बागलुङ - १ हरिबहादुर खड्का (कांग्रेस) १३५०० ११९६३ १५३७ पराजित

हिराबहादुर खत्रीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित