Home Candidate सुशील खड्का

अमेरिकाबाट फर्केका इन्जिनियर बागलुङको चुनावी मैदानमा

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
सुशील खड्का
बाग्लुङ - १ उम्मेदवार

सुशील खड्का

पुरुष , ३९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२०९२७ मत
विजयी
Profile
Profile

अमेरिकामा अध्ययन गरी नेपाल फर्किएर उद्यममा लागेका खड्का बागलुङको विकासमा अन्तर्राष्ट्रिय ज्ञान खर्चने उद्देश्यसहित चुनावी मैदानमा छन् ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा उद्यमी सुशील खड्कालाई बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उतारेको छ ।

बागलुङ नगरपालिका–३, गुठीमा जन्मिएका खड्का १२ वर्ष पहिला विदेशबाट अध्ययन गरी नेपाल फर्केर उद्यममा लागेका थिए । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर आफू चुनावमा होमिएको उनी बताउँछन् ।

खड्का सामाजिक काममा जोडिदै नयाँ राजनीतिक नेतृत्वमा समावेश भएका छन् । उनी फोहोर व्यवस्थापनदेखि समाजसेवामा समेत सक्रिय रहँदै आएका छन् ।

खड्का इन्जिनियर, अर्थविद् तथा उद्यमी हुन् । बागलुङको छोरा, विश्वको ज्ञान, युवा नेतृत्व अबको समाधान भन्ने नारासहित उनी समृद्ध बागलुङ र आत्मनिर्भर नेपाल निर्माणको लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् ।

शैक्षिक रूपमा खड्काले अमेरिकाबाट केमिकल इन्जिनियरिङ तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उच्च शिक्षापश्चात् नेपाल फर्किएर उनी पछिल्लो १२ वर्षदेखि व्यवसाय, हरित उद्यम र सामाजिक सेवामार्फत सक्रिय छन् ।

उनले नेपालमा रेस्टुरेन्ट, कृषि, फोहोरमैला व्यवस्थापन तथा हरित लगानीसम्बन्धी विभिन्न उद्यम स्थापना तथा सञ्चालन गर्दै आएका छन् । आफूले ‘अभ्नी भेन्चर्स’ मार्फत देशकै ठूलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल स्थापना गरी ४०० भन्दा बढीलाई रोजगारी सिर्जना गरेको खड्काले दाबी गरे ।

साथै उनले अभ्नी दिगोपना केन्द्र स्थापना गरी वातावरण तथा जलवायु क्षेत्रमा काम गर्दै २ हजारभन्दा बढी युवालाई शिक्षा र रोजगारीको अवसर प्रदान गर्दै आएको बताए ।

सामाजिक सेवामा सक्रिय खड्काले हिमाली जिल्लाहरूमा सरसफाइ अभियान सञ्चालन, रोटरी इन्टरनेसनलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रममा सहभागिता तथा बागलुङका धार्मिक-सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याएका छन् ।

‘बौद्धिक युवा नेतृत्वको ज्ञान देश निर्माणमा लगाउनु मेरो उम्मेदवारीको मुख्य उद्देश्य हो,’ खड्काले भने ‘म बागलुङको विकासमा अन्तर्राष्ट्रिय ज्ञान खर्चन चाहन्छु ।’

नीतिगत रूपमा उनी डिजिटल सुशासनमार्फत भ्रष्टाचार अन्त्य, पारदर्शी तथा जनमैत्री सेवा प्रवाह, युवालाई स्वदेशमै रोजगारी, उद्यमशिलताको प्रबर्द्धन, कृषिको व्यवसायीकरण, दिगो पर्यटन विकास, प्राविधिक शिक्षालाई राष्ट्रिय केन्द्रका रूपमा विकास तथा वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागु गर्ने उनका योजना छन् ।

महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक अल्पसंख्यक, युवा तथा ज्येष्ठ नागरिकलाई समान अवसर सुनिश्चित गर्ने, गुणस्तरीय पूर्वाधार निर्माण र स्वास्थ्य क्षेत्रमा समयमै रोग पहिचान तथा रोकथामलाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ ।

बागलुङको सम्भावना, समस्या र अवसरको अध्ययन गरी संघीय संसद्‌मा शसक्त आवाज उठाउन आफूले अगुवाइ खड्काले बताए ।

Battleground Analysis

अनुकूलता

  • शैक्षिक र व्यावसायिक अनुभव
  • सामाजिक सेवा र नेतृत्व
  • युवा नेतृत्व र नीतिगत योजना

प्रतिकूलता

  • राजनीतिक अनुभवको कमी
  • मतदातासँग प्रत्यक्ष सम्पर्क र विश्वास निर्माण चुनौती
  • संगठनात्मक संरचना र प्रचार–प्रसार क्षमतामा कमी
शिक्षा
स्नातकोत्तर 
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

सुशील खड्काको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित