Home Candidate मनोज गुरुङ

गुरुङको लक्ष्य- चुनाव जित्ने, नीति निर्माणमा सघाउने

http://नेपाली%20कांग्रेस
मनोज गुरुङ
कास्की - ३ उम्मेदवार

मनोज गुरुङ

पुरुष , ५८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

कांग्रेस विशेष महाधिवेशनमा होमिँदासम्म पनि शेरबहादुर देउवा समूहमै खटिएका नेता हुन्, गुरुङ । तर विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको पहिलो रोजाइमा उनै परे ।

०००

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिएर स्थानीयस्तरमा खटिएका नेता हुन् मनोज गुरुङ । कांग्रेसले उनै गुरुङलाई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कास्की–३ बाट उम्मेदवार बनाएको छ ।

२०२३ सालमा अन्नपूर्ण गाउँपालिका-८ दाङसिङमा जन्मिएका गुरुङ २०५६ मा क्रियाशील सदस्यता लिएर कांग्रेसको राजनीतिमा होमिएका हुन् । नेपाल दरुण दलको कास्की जिल्ला अध्यक्ष हुँदै दोस्रो प्रयासमा अहिले कास्की क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति बनेका उनी सामाजिक क्षेत्रमा समेत आवद्ध छन् ।

कांग्रेस विशेष महाधिवेशनमा होमिँदासम्म पनि शेरबहादुर देउवा समूहमै खटिएका नेता हुन्, गुरुङ । तर विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको पहिलो रोजाइमा उनै परे ।

विशेष महाधिवेशनबाट सभापतिमा गगन समूह आए पनि कांग्रेसलाई एकढिक्का बनाएर लैजाने उद्घोषसहित चुनावमा होमिँदा रोजाइँमा परेका मनोज यसअघिका चुनावमा पनि आकांक्षी थिए र यसपटक पनि उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ ।

गुरुङ समुदायको बाक्लो जनमत रहेको क्षेत्रमा पहिलो पटक उत्रिएका मनोजलाई जिताउन अहिले कांग्रेसले एक भएको उद्घोष गरिरहेको छ र सो क्षेत्रमा भिजेका जनजाति नेतासमेत भएकाले बलियो उम्मेदवारका रूपमा हेरेको छ ।

उनी २०७९ मंसिरमा भएको चुनावमा नै नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवारका रूपमा चर्चामा आएका नेता हुन् । तर केन्द्रबाटै ५ दलीय गठबन्धन हुँदा नेकपा माओवादीका उम्मेदवार रामजीप्रसाद बराललाई सघाउनुपर्ने परिस्थिति कांग्रेसलाई आइपर्‍यो ।

प्रदेश सभातर्फबाट पनि गुरुङको नाम चर्चामा थियो । एउटा क्षेत्रमा कांग्रेसका प्रकाश बराल र अर्को क्षेत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बालसखा दुर्गादत्त भण्डारीलाई छाड्नुपर्ने बाध्यता उनीसामु आयो ।

यस पटक दलहरु एक्लाएक्लै चुनाव लड्ने परिस्थितिमा पहिलो रोजाइमा परेका गुरुङलाई जित निकाल्न त्यति सहज भने छैन । पछिल्लो समय रुपान्तरण र नयाँ दलको नारा लगाउँदै चुनावमा होमिएको रास्वपाबाट गुरुङ समुदायकै बिना गुरुङ उनको प्रतिस्पर्धी छन् । यसअघिकै चुनावमा जित हासिल गरेर एमालेलाई सान्दर्भिकता दिलाउने होडसहित जित दोहोर्‍याउने दाउमा दामोदर वैरागी छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट पाका नेता गोपाल गिरी पनि चुनावी मैदानमा छन् र साना दलहरूले पनि मत आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । यस्तो अवस्थामा गगन नेतृत्वमा आएको कांग्रेस एक भएको उद्घोषसहित गुरुङलाई जिताउन मतदातालाई फकाइरहेको छ ।

नयाँ कांग्रेसमा पुराना नेताको साथ लिएर प्रचारमा हिँडिरहेका मनोज गुरुङलाई एमालेको बिरासत भत्काउने, नयाँलाई रोक्ने र आफ्नो इतिहास कायम गर्ने चुनौती छ ।

कास्की क्षेत्र नम्बर ३ मा २०६४ सालमा माओवादीले जितेको थियो भने २०७० सालयता एमालेले जित हासिल गर्दै आइरहेको छ ।

यसअघिको चुनावमा २२ हजार ९८० मत ल्याएर एमालेका दामोदर वैरागी विजयी भएका थिए । कांग्रेस–माओवादीसहित ५ दलीय गठबन्धनबाट रामजीप्रसाद बरालले १७ हजार ५३५ मत ल्याएका थिए भने रास्वपाका योगराज पौडेलले १२ हजार १८० मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनमा गठबन्धन हुँदा कांग्रेसले उम्मेदवारी दिनै पाएन र रुखमा भोट हालिरहेकाहरूले पनि रास्वपालाई मत हालेको दाबी कांग्रेसी नेताहरुको छ । अहिले कांग्रेसको मत आफूले सुरक्षित गर्दै जनजाति समुदाय र बदलिएको कांग्रेसप्रतिको आकर्षणलाई समेत आफ्नो पक्षमा पार्दै जित हासिल गर्ने दाबी उनको छ ।

सामाजिक सेवाबाट राजनीतिमा होमिएका गुरुङ यस पटक आफूलाई अब्बल साबित गर्दै कांग्रेस नेतृत्वलाई संसद्मा पुगेर नीति निर्माणमा सघाउन चाहन्छन् ।

 

 

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • संगठन र मतदातासँग बलियो सम्बन्ध
  • पहिचान र प्रतिनिधित्वको लाभ
  • कांग्रेस ‘एकढिक्का’ भएको सन्देश

प्रतिकूलता

  • कडा बहुकोणीय प्रतिस्पर्धाका कारण मत विभाजनको जोखिम
  • एमालेको निरन्तर जितको ट्र्याक रेकर्ड
  • अघिल्लो चुनावको मनोवैज्ञानिक असर
हालको दल
नेपाली कांग्रेस

मनोज गुरुङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित