Home Candidate बिना गुरुङ

सामाजिक सेवाबाट राजनीतिमा

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
बिना गुरुङ
कास्की - ३ उम्मेदवार

बिना गुरुङ

महिला , ५३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

विभिन्न व्यावसायिक प्रतिष्ठानमा निर्देशक भएर काम गरेकी बिनाका अनुभवी भनिएका दलका उम्मेदवार नै प्रमुख प्रतिस्पर्धी छन् ।

बिना गुरुङ कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छिन् ।  बिना रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भइन् । विभिन्न पेसा, व्यवसाय र सामाजिक काममा सक्रिय उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएकी हुन् ।

रास्वपा कास्कीको कोषाध्यक्षसमेत रहेकी बिनाको पारिवारिक पृष्ठभूमि आर्थिक हिसाबले पनि सम्पन्न थियो भने बिनाको नेतृत्वमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी थिइन् ।

सञ्जीवनी सिस्टर्स एसोसिएसन नाम संस्था खालेर संस्थापक अध्यक्षको रूपमा काम गरिरहेकी बिनाको नेतृत्वले सयौं महिलालाई सहयोग गर्ने, विभिन्न तालिम र सशक्तीकरण गर्ने काम गरिरहेको थियो ।

उनले तमुहरूको साझा संस्था तमुधिं नेपालको केन्द्रीय सदस्य, लायन्स क्लब, सिर्जना संसार कोसेली घर, तमु सांस्कृतिक प्रतिष्ठान, कोपिला नेपाल जस्ता संस्थाको नेतृत्व तथा आवद्धतामार्फत काम गरिरहेकी छिन् ।

विभिन्न व्यावसायिक प्रतिष्ठानमा निर्देशक भएर काम गरेकी बिनाका अनुभवी भनिएका दलका उम्मेदवार नै प्रमुख प्रतिस्पर्धी छन् ।

यसअघि जित हासिल गरेको नेकपा एमालेले पुरानै उम्मेदवार दामोदर बैरागीलाई दोहोर्याएको छ भने नेपाली कांग्रेसले मनोज गुरुङलाई टिकट दिएको छ । नेपाली कम्युनिस्ट पार्टीले भने गोपाल गिरीलाई उठाएको छ ।

यसअघि नै सम्मानजनक मत ल्याएको रास्वपाका निम्ति जेनजी आन्दोलनपछि तल्लो तहबाटै भइरहेको आकर्षणले बल दिएको छ भने एमाले आफ्नो विरासत कायमै राख्न चाहन्छ । नेपाली कांग्रेसले सुधारिएको पार्टीको नारासहित मनोजलाई अगाडि सारेको र नेकपाले वैचारिक र शालिन उम्मेदवारका रूपमा गोपाललाई अगाडि सारेको छ ।

कास्की–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अर्जुन खनाल मैदानमा छन् । एमाले पृष्ठभूमिबाट साझा विवेकशील हुँदै राप्रपामा प्रवेश गरी केन्द्रीय सदस्य रहेका खनालले पनि पुरातन मत आकर्षण गर्ने प्रयत्न गरिरहेका छन् भने अन्य साना भनिएका पार्टीका उम्मेदवारहरु खासै चर्चामा नरहे पनि मैदानमा छन् । उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, नेकपा माओवादीका तर्फबाट कमल खड्का विश्वकर्मालगायत उम्मेदवार छन् ।

यस्तो अवस्थामा बिनाले नयाँ दलप्रतिको आकर्षणलाई बढाउँदै जनजाति तथा गुरुङ समुदायको मत आफ्नो पक्षमा ल्याउने कोसिस गरिरहेकी छन् । उनी महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको अनुभव, सामाजिक तथा व्यावसायिक सम्बन्धलाई आफ्नो जितमा रुपान्तरण गर्न लागिपरेकी छन् ।

अन्नपूर्ण हिमालदेखि फेवातालसम्म जोडिएको क्षेत्रमा पर्यटनमार्फत विकास गर्न सकिने प्रशस्त सम्भावना र योजना आफूसँग रहेको बिना बताउँछिन् । ‘म चर्का भाषण र आफूले गर्न नसक्ने सस्तो आश्वासन होइन, यहाँका नागरिकलाई गर्न सकिने काम र सेवामार्फत भरोसा दिलाउने काम गरिरहेकी छु,’ बिना भन्छिन्, ‘अन्नपूर्ण हिम शृंखलादेखि अन्नपूर्ण संरक्षण आयोजना, पञ्चासे जस्तो जैविक विविधता भएको क्षेत्र र फेवातालसम्म मेरो क्षेत्रमा पर्छ । यसको समुचित प्रयोग र सम्भावनासँग नागरिकलाई जोडेर नीतिगत तहबाटै उत्पादन, रोजगारी र आर्थिक उपार्जनसँग जोड्नु पर्नेछ ।’ 

अन्नपूर्ण हिमाल आरोहणको सुरुवात भएको अन्नपूर्ण हिमाललाई विश्वबजारमा पुर्याउने र गौरवपूर्ण इतिहासलाई सरकारले नीतिगत तहबाटै योजना बनाएर अगाडि बढ्नुपर्ने योजना उनीसँग छन् ।

कास्की क्षेत्र नम्बर ३ मा यसअघि २२ हजार ९८० मत ल्याएर एमालेका दामोदर वैरागी विजयी भएका थिए । कांग्रेस-माओवादीसहित ५ दलीय गठबन्धनबाट रामजीप्रसाद बरालले १७ हजार ५३५ मत ल्याएका थिए भने रास्वपाका योगराज पौडेलले १२ हजार १८० मत ल्याएका थिए ।

यसअघिकै चुनावमा सम्मानजक मत ल्याउँदै तेस्रो बनेको रास्वपाबाट यसपटक नयाँ मात्रै होइन, समाजसँग जोडिएकी, महिला र त्यसमा पनि आदिवासी जतजाति समुदायबाट भएकाले जित निकाल्ने बिनाले विश्वास लिएकी छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • सामाजिक काममा लामो सक्रियता
  • वैकल्पिक राजनीतिप्रति मतदाताको बढ्दो आकर्षण
  • महिला तथा जनजाति प्रतिनिधित्व

प्रतिकूलता

  • सांगठनिक रूपमा बलिया उम्मेदवारसँग प्रतिस्पर्धा
  • चुनावी रणनीति र मत व्यवस्थापनमा अनुभवको कमी
  • मत विभाजनको जोखिम
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

बिना गुरुङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित