Home Candidate पुष्प राज न्यौपाने

पत्रकारिताबाट राजनीति

http://प्रगतिशील%20लोकतान्त्रिक%20पार्टी
पुष्प राज न्यौपाने
अछाम - २ उम्मेदवार

पुष्प राज न्यौपाने

पुरुष , ४३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

पुष्प राज न्यौपाने (४३ वर्ष) अछामको पुर्वाखात–६ का निवासी हुन् । पत्रकारिता र राजनीति शास्त्रमा स्नातक अध्ययन गरेका छन् । तत्कालीन माओवादीको राजनीतिमा सक्रिय भएका उनी पछि पत्रकारितामा संलग्न भए ।

उनको पत्रकारिताको सुरुवात २०५९ सालदेखि 'जनादेश' साप्ताहिकबाट सुरु भएको थियो । शान्ति प्रक्रियापछि उनले केही समय रेडियो नेपालमा काम गरे । उनी 'घटना र बिचार' अनि 'आजको सन्दर्भ' लगायतका कार्यक्रममा संलग्न थिए ।

उनले काठमाडौंको रेडियो मिरमिरे एफएममा सुरुमा समाचार सम्पादक र २०७० पछि मेनेजिङ डाइरेक्टरको रूपमा समेत काम गरे ।

२०५३ सालदेखि राजनीतिमा सक्रिय न्यौपानेले तत्कालीन माओवादीको विदेश विभाग सचिवको रुपमा काम गरे । माओवादी र एकीकृत समाजवादीबीच एकतापछि नेकपा बनेपछि उनी अलग भए । र, जनार्दन शर्माको सकृयतामा खुलेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भए । उनी अहिले संसदीय निर्वाचनमा होमिएका छन् ।

अपार सम्भावना भएर पनि राज्यको बेवास्ता, भौगोलिक विकटता र पूर्वाधार अभावका कारण पछाडि परेको अछामका केही बस्तीमा बिजुली पुर्‍याउने काममा आफूले पहल गरेको उनी बताउँछन् । 

पञ्चायत कालदेखि अहिलेसम्म केन्द्रमा प्रतिनिधित्व नपाएको अछामको विकासका लागि उनले केही मुख्य योजनाहरू अघि सारेका छन् ।

कर्णाली करिडोरमा निर्माणाधीन पुललाई पूर्णता दिने, रोकिएका वा सुस्त रहेका जलविद्युत् परियोजनालाई तीव्रता दिने र जिल्लाका प्राकृतिक स्रोतको सदुपयोग गरी समृद्धि हासिल गर्ने उनका चुनावी एजेण्डा छन् ।

Expand Reading..

पुष्प राज न्यौपानेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित