Home Candidate रामशंकर यादव

दोस्रोपटक संसद् छिर्ने प्रयास

http://नेकपा%20एमाले
रामशंकर यादव
सिराहा - १ उम्मेदवार

रामशंकर यादव

पुरुष , ६४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

रामशंकर यादव २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः नेकपा एमालेबाट सिरहा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बनेका छन्। दोस्रोपटक संसद प्रवेश गर्ने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएका हुन् ।

अघिल्लो निर्वाचनमा यादवले नेपाली कांग्रेसका पदम नारायण चौधरीलाई २ हजार ८३ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल २९ हजार ४६२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी चौधरीले २७ हजार ३७९ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए ।

जनमत पार्टीका युगलकिशोर साह ६ हजार ८४९ मतसहित तेस्रो स्थानमा थिए। यादवले कुल सदर मतको करिब ४४.५७ प्रतिशत मत प्राप्त गरेका थिए ।

धनमन्ती यादवका छोरा रामशंकरको जन्म २०१८ साल असोज १४ गते सिरहाको भगवानपुर गाउँपालिका–१, भगवानपुरमा भएको हो । उनले आईएसम्मको शिक्षा पूरा गरेका छन् । पछि स्नातक तहमा सूचना साक्षरता विषय अध्ययन गर्ने क्रममा २०४६ सालको जनआन्दोलनमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेको उनी बताउँछन् ।

२०४८ सालको स्थानीय निर्वाचनमा यादव भगवानपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनी इलाका सदस्यसमेत बनेर पार्टी संगठनमा सक्रिय रहे ।

पछि उनले नेकपा मालेबाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गरे पनि पराजित भए । सोही समयमा नेपाली काँग्रेस नेतृत्वको सरकार रहँदा आफूविरुद्ध झुटो ज्यान मार्ने मुद्दा लगाइएको र त्यसकै कारण १०–१२ वर्षसम्म सक्रिय राजनीतिमा रहन नसकेको यादवको आरोप छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई आममाफी दिएको थियो । त्यसपछि सम्पन्न २०७९ सालको आम निर्वाचनमा उनले नेकपा एमालेबाट टिकट पाए र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

दोस्रो कार्यकालका लागि पुनः जनमत मागिरहेका यादव अनुभव, संगठन र राजनीतिक प्रतिबद्धताका आधारमा मतदाताको विश्वास जित्ने प्रयासमा छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • पार्टीको बलियो पकड
  • लामो राजनीतिक यात्रा
  • समानुपातिक मतको आधार
  • विगतको जित

प्रतिकूलता

  • बहुपक्षीय कडा प्रतिस्पर्धा
  • नयाँ शक्तिको उदय
  • 'एन्टी-इन्कम्बेन्सी'
  • विगतको कानुनी विवाद
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सिरहा - १ पदमनारायण चौधरी (कांग्रेस) 27379 29462 २०८३ विजयी

रामशंकर यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित