Home Candidate रञ्जीव श्रेष्ठ

राजसंस्थाको मुद्दालाई विकाससँग जोड्ने प्रयास

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
रञ्जीव श्रेष्ठ
काभ्रे - २ उम्मेदवार

रञ्जीव श्रेष्ठ

पुरुष , ४३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
११२५ मत
Profile
Profile

समाजसेवा, विपद् व्यवस्थापन र सुशासनको अनुभव बोकेका रन्जीव श्रेष्ठ राप्रपाबाट काभ्रे-२ मा प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा छन् ।

०००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् रन्जीव श्रेष्ठ । ४३ वर्षीय श्रेष्ठ धुलिखेल निवासी हुन् ।

समाजसेवा, विपद् व्यवस्थापन तथा विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उनी दैवी प्रकोप तथा प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी कामको अनुभव बोकेका व्यक्ति हुन् ।

लामो समयदेखि रोटरी आन्दोलनमा आबद्ध श्रेष्ठ हाल रोटरी इन्टरनेसनल तथा डिजास्टर एड इन्टरनेसनलका सचिवको जिम्मेवारीमा छन् ।

विपद् न्यूनीकरण, राहत तथा पुनर्स्थापनाका क्षेत्रमा उनले विभिन्न कार्यक्रम र पहलहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

सूचना प्रविधि विषयमा स्नातक र अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गरेका श्रेष्ठ पर्यटन व्यवसायी, शिक्षक तथा अन्तर्राष्ट्रिय व्यवसाय परामर्शदाताका रूपमा समेत कार्यरत छन् ।

व्यावसायिक र शैक्षिक क्षेत्रमा उनको अनुभवले नीति, व्यवस्थापन र विकाससम्बन्धी विषयमा व्यावहारिक दृष्टिकोण निर्माण गर्न सहयोग पुर्‍याएको बताइन्छ ।

श्रेष्ठ रोटरी, किवानिज, जेसिज, नेपाल रेडक्रस सोसाइटी लगायतका विभिन्न सामाजिक तथा मानवीय संस्थामा आबद्ध छन् । सामाजिक सेवामार्फत समुदायस्तरमा योगदान गर्दै आएका उनी स्थानीय समस्या, विपद् जोखिम र विकासका आवश्यकतालाई नजिकबाट बुझ्ने व्यक्ति मानिन्छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय स्रोतसाधन सदस्यसमेत रहेका श्रेष्ठ पार्टीका मूल एजेन्डा राष्ट्रियता संरक्षण, सनातन हिन्दू राष्ट्रको पुनर्स्थापना, संवैधानिक राजसंस्था, सुशासन, भ्रष्टाचार नियन्त्रण, संघीयताको पुनरावलोकन तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका विकासका मुद्दालाई अघि सार्दै आएका छन् ।

उनी यी विषयलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउन प्रतिनिधिसभामार्फत आवाज उठाउने लक्ष्यका साथ काभ्रे-२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

Battleground Analysis

अनुकूलता

  • समाजसेवा, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय संस्थामा लामो अनुभव
  • शिक्षा, पर्यटन र व्यवसायमा व्यावहारिक ज्ञान
  • पार्टी भित्र केन्द्रीय तहको जिम्मेवारी र स्पष्ट वैचारिक एजेन्डा

प्रतिकूलता

  • राप्रपाको सीमित संगठनात्मक प्रभाव
  • परम्परागत दलहरूसँग कडा प्रतिस्पर्धा
  • वैचारिक मुद्दा सबै मतदातासम्म पुर्‍याउने चुनौती

रञ्जीव श्रेष्ठको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित