Home Candidate सर्वेन्द्रनाथ शुक्ला

क्षेत्रीय पकड भएका शुक्लाकाे चौथोपटक प्रतिनिधिसभा दौड

http://जनता%20समाजवादी%20पार्टी,%20नेपाल
सर्वेन्द्रनाथ शुक्ला
रूपन्देही - ४ उम्मेदवार

सर्वेन्द्रनाथ शुक्ला

पुरुष , ७६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३४१० मत
Profile Election History
Profile Election History

गत निर्वाचनको समानुपातिक मतका आधारमा शुक्ला सबैभन्दा बलिया उम्मेदवार देखिन्छन् । 

०००

मेकानिकल इन्जिनियरिङमा स्नातक सर्वेन्द्रनाथ शुक्लाले २०४७ सालदेखि सक्रिय राजनीति थालेका हुन् । २००६ सालमा रूपन्देहीको मर्चवारमा जन्मिएका उनी सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीका स्थायी बासिन्दा हुन् ।

२०४८ को चुनावमा उनी सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार भए । संसदीय निर्वाचनमा पराजित भएपछि जिल्ला विकास समिति (जिविस) तिर लागे ।

२०४९ सालमा जिविस, रूपन्देहीको उपसभापति निर्वाचित भए । २०५१ मा भएको निर्वाचनमा शुक्ला पहिलोपटक राप्रपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

२०५२ मा जलस्रोत सहायकमन्त्री, २०५४ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा वाणिज्यमन्त्री र सूर्यबहादुर थापा नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बने । २०६० सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र त्यसपछि वन तथा भू–संरक्षण र भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाए । २०६१ मा नेपाल विद्युत् प्राधिकरणको अध्यक्ष भए ।

२०६२/६३ को मधेश आन्दोलनमा सक्रिय शुक्ला तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को संस्थापक सदस्य हुन् । उनी तमलोपा संसदीय दलको नेता समेत थिए । २०६६ मा माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा शिक्षामन्त्री बने । २०७० को चुनावमा रूपन्देही–६ बाट दोस्रो संविधानसभामा निर्वाचित भए ।

२०७९ को चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट रूपन्देही–४ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । जेनजी विद्रोहपछि जसपा नेपाल र लोसपा बीच एकीकरण भएर जसपा नेपाल बन्यो । शुक्लाले जसपा नेपालबाट उम्मेदवारी दिएका हुन् ।

शुक्लाले नेपाली कांग्रेसका आशुतोष मिश्र, नेकपा (एमाले)का प्रमोद यादव र जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादव लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

२०७९ सालको समानुपातिक मतमा शुक्लाको पार्टी लोसपाले सबैभन्दा बढी २२ हजार ३७ मत पाएको थियो । त्यसमा २ हजार २६२ मत भएको जसपा नेपाल थपिएको छ । कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ५४८, एमालेले २ हजार ८२३ मत पाएका थिए ।

गत निर्वाचनको समानुपातिक मतका आधारमा शुक्ला सबैभन्दा बलिया उम्मेदवार देखिन्छन् ।

Battleground Analysis

अनुकूलता

  • लामाे राजनीतिक अनुभव
  • पार्टी एकताले थप बलियाे दल
  • क्षेत्रीय र सामुदायिक पकड

प्रतिकूलता

  • पटक-पटकको सत्ता सहभागिताले असन्तुष्टि
  • पुराना नेताहरूप्रति घट्दो आकर्षण
  • पार्टीभित्र असन्तुष्टि
शिक्षा
स्नातक
संसदीय अनुभव
संविधान सभा सदस्य (२०७०), प्रतिनिधिसभा सदस्य (२०५१, २०७९)
हालको दल
जनता समाजवादी पार्टी, नेपाल
सरकारको अनुभव
विभिन्न समयमा विभिन्न मन्त्रालयकाे जिम्मेवारी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०५१ रुपन्देही - ४ विजयी
२०६४ रुपन्देही - ६ ओमप्रकाश यादव १२१७० १०९०७ १२६३ पराजित
२०७० रुपन्देही - ६ बसिउद्दिन खाँ ६२८६ १४६९२ ८४०६ विजयी
२०७४ रुपन्देही - ४ प्रमोदकुमार यादव ३१७१८ २०४१६ ११३०२ पराजित
२०७९ रुपन्देही - ४ प्रमोदकुमार यादव २२७०४ २८००० ५२९६ विजयी

सर्वेन्द्रनाथ शुक्लाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित