Home Candidate टेकप्रसाद गुरुङ

अनुभवी र विवादरहित उम्मेदवार

http://नेपाली%20कांग्रेस
टेकप्रसाद गुरुङ
चितवन - ३ उम्मेदवार

टेकप्रसाद गुरुङ

पुरुष , ७७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
८३४४ मत
Profile
Profile

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा १२ वर्षपछि कांग्रेसले आफ्नै चुनाव चिन्ह 'रुख' मा मतदान गर्ने अवसर पाएकाले यसपटकको चुनाव यहाँका कांग्रेस कार्यकर्ताका लागि उत्सव जस्तै बनेको छ

०००

१२ वर्षपछि खोलो फर्किन्छ भने जस्तै भएको छ, चितवन–३ का कांग्रेस समर्थकलाई । कांग्रेसजनलाई २०७० पछि बल्ल संसदीय चुनावमा रुखमा मत हाल्ने अवसर जुरेको छ ।

२०७४ मा राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको कांग्रेसले २०७९ मा माओवादी उम्मेदवार डा. भोजराज अधिकारीलाई सघाएकाे थियो । भरतपुर महानगरमा भएका २०७४ र २०७९ को निर्वाचनमा पनि मेयरमा रुखमा भोट हाल्न पाएनन्, कांग्रेसका मतदाताले ।

२१ फागुनकाे निर्वाचनका लागि कांग्रेसले चितवन–३ मा अनुभवी र विवादरहित नेता टेकप्रसाद गुरूङलाई उम्मेदवार बनाएको छ । २००४ सालमा स्याङ्जाको भीरकोट नगरपालिका ८ मा जन्मिएका गुरूङ यो क्षेत्रकै पाका उम्मेदवार हुन् ।

६५ वर्ष पहिले चितवन झरेका गुरूङ २०२२ सालदेखि नै राजनीतिमा सक्रिय भए । २०३२ सालमा नै चितवन कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भएर काम गरे । तीन पटक जिल्ला पञ्चायतको सभापति समेत बने । २०५३ सालदेखि पाँचपटक कांग्रेस चितवनको जिल्ला सभापति बनेर काम गरे ।

उत्साहित कांग्रेसजनका माझ ५० वर्षदेखि राजनीतिमा सक्रिय गुरुङ तेस्रो प्रयासमा जित निकाल्ने दाउमा छन्। पाको अनुभव र विवादरहित छवि उनको मुख्य सबल पक्ष हो।

कांग्रेसको आठौं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म महासमिति सदस्य रहेका उनी निवर्तमान कांग्रेस केन्द्रीय सदस्य हुन् ।

२०५१ सालमा भएको मध्यवधी निर्वाचनमा चितवन–२ र २०६४ सालमा चितवन–४ बाट पराजित भए । उनी तेस्रोपटक संसदीय निर्वाचन लड्न लागेका हुन् । तेस्रो प्रयासमा सफल हुँदै विगतको विरासतलाई फिर्ता ल्याउने प्रयास छन्, गुरुङ ।

Battleground Analysis

अनुकूलता

  • कांग्रेसको 'हंगर भोट'
  • अनुभव र निष्कलंक छवि
  • सांगठनिक पकड
  • विरासत फर्काउने अवसर

प्रतिकूलता

  • लगातारको चुनावी असफलता
  • शक्तिशाली प्रतिस्पर्धीहरू
  • गठबन्धनको अभाव
  • सत्ताविरोधी भावना
हालको दल
नेपाली कांग्रेस

टेकप्रसाद गुरुङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

टेकप्रसाद गुरुङ
८३४४
सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी
५९२७७
रेनु दाहाल नेपाली कम्युनिस्ट पार्टी
२०६१५
VS