Home Candidate विक्रम खनाल

४२ वर्षदेखिको पार्टी त्यागेर रास्वपाबाट उम्मेदवारी

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
विक्रम खनाल
नवलपरासी - १ उम्मेदवार

विक्रम खनाल

पुरुष , ५५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४५२४१ मत
विजयी
Profile Election History
Profile Election History

लामो समयसम्म नेपाली कांग्रेसको राजनीति गर्दै आएका विक्रम खनाल परिचित र अनुभवी राजनीतिकर्मी हुन् । २०२७ सालमा जन्मिएका नवलपरासी बर्दघाट नगरपालिका–१०, ध्रुवटोलका खनालले स्नातकोत्तर गरेका छन् ।

खनालको राजनीतिक यात्रा २०४० सालमा दाउन्नेदेवी मावि, बर्दघाटको नेविसंघ इकाई समितिबाट शुरु भयो । २०४४ सालदेखि कांग्रेसमा सक्रिय उनी महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै पछिल्लो समय लुम्बिनी प्रदेशको महामन्त्री थिए ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा खनाल साविक नवलपरासी–५ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनले एमालेका दिपेन्द्रकुमार अधिकारीलाई १ हजार ७८१ मतले पराजित गरेका थिए ।

२०७४ सालमा प्रदेश सभातर्फ नवलपरासी–१ (१) मा उठ्दा खनाललाई एमालेका उनै अधिकारीले २ हजार ४ मतले पराजित गरे ।

२०७९ सालको निर्वाचनमा खनाल टिकटका दावेदार थिए । कांग्रेसले उद्योगपति विनोद चौधरीलाई उठायो । आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले कारबाही गरेको थियो । फागुन २१ को निर्वाचन घोषणा भएपछि बल्ल पार्टीले कारबाही फुकुवा गर्‍यो ।

खनाल जिल्लामा डा. शेखर कोइराला पक्षका प्रमुख नेताका रूपमा परिचित थिए । चार दशकभन्दा बढी समय कांग्रेस राजनीतिमा बिताएका खनालले अन्ततः  राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् ।

२०७९ मा समानुपातिकतर्फ कांग्रेसले २३ हजार ५१५, एमालेले १७ हजार १७२ ल्याउँदा रास्वपाले १० हजार ७१८ मत पाएको थियो ।

Battleground Analysis

अनुकूलता

  • रास्वपा प्रतिको आकर्षण
  • जिल्लामा स्थापित पहिचान
  • चार दशक लामो राजनीतिक अनुभव

प्रतिकूलता

  • पार्टी परिवर्तनको प्रभाव
  • बलिया र स्थापीत प्रतिस्पर्धी
  • अघिल्लो निर्वाचनमा समानुपातिकमा अन्य दलको अग्रता
शिक्षा
स्नातकोत्तर
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७० नवलपरासी- ५ दीपेन्द्रकुमार अधिकारी ७४२३ ९२०४ १७८१ विजयी
२०७४ परासी (बर्दघाट सुस्तापश्चिम) १(१) दिपेन्द्रकुमार अधिकारी २०५०६ १८५०६ २००० पराजित

विक्रम खनालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

विक्रम खनाल
४५२४१
विनोदकुमार चौधरी नेपाली कांग्रेस
९५०२
रामप्रसाद पाण्डेय नेकपा एमाले
७९५६
VS