Home Candidate सिन्‍धुजलेसा बुढाथोकी

शिक्षण, कलाकारितासँगै राजनीति

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
सिन्‍धुजलेसा बुढाथोकी
नवलपरासी - १ उम्मेदवार

सिन्‍धुजलेसा बुढाथोकी

महिला , ५६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१०५६ मत
Profile Election History
Profile Election History

सिन्धु जलेसा बुढाथोकी कम्युनिष्ट आन्दोलनमा अपरिचित नाम होइन । उनी २०४३ सालमा अनेमसंघ नवलपरासीको सचिव थिइन् ।

भूमिगत कालमा गुल्मी र बाग्लुङमा झरना सांस्कृतिक परिवारको नामबाट पार्टीको संगठनलाई अगाडि बढाउन लागिन् । चार दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय उनले नवलपरासी–१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएकी छन् ।

२०२६ सालमा अर्घाखाँचीमा जन्मिएकी बुढाथोकीको स्थायी ठेगाना नवलपरासी बर्दघाट नगरपालिका–२, चिसापानी हो । दुई दशकभन्दा बढी शिक्षण गरेकी उनले विद्यावारिधि गरेकी छन् ।

सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनले नाम र थरको बीचमा ‘जलेसा’ लेख्ने गरेकी छिन् । कलाकारितामा प्रवेश गरेपछि ‘जलेसा’ लेख्न थालेकी हुन् । माइतीको थर बुढाथोकी र घरतर्फ आचार्य हो ।

बुढाथोकी २०७० सालमा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी थिइन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवलपरासी–१ बाटै टिकट पाएकी थिइन् । उम्मेदवारी दर्ताको दिन पार्टीले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गर्ने निर्णय भएपछि उनी उठ्न पाइनन् ।

२०७८ मा पार्टी विभाजित हुँदा एमालेमै बसेकी उनी केही महिनाअघि मात्रै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरिन् ।

जेनजी आन्दोलनपछि माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत मिलेर नेकपा बन्यो । २०७९ मा समानुपातिकमा माओवादी केन्द्रले ३ हजार २९६ र एकीकृत समाजवादीले ४०३ मत प्राप्त गरेको थियो ।

गत निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा लगायतको समर्थन पाएको कांग्रेसका विनोद चौधरी २९ हजार ५१९ ल्याएर निर्वाचित भए । त्यतिबेला एमाले समर्थित हृदयेश त्रिपाठीले २२ हजार ३२८ भोट ल्याए । उनले यसपटक जनता समाजवादी पार्टी (जसपा), नेपालबाट उम्मेदवारी दिएका छन् ।

सिन्धु जलेसाले कांग्रेसका विनोद चौधरी, एमालेका रामप्रसाद पाण्डे, रास्वपाका विक्रम खनाल, जनमत पार्टीका गणेशबहादुर चौधरी, राप्रपाका नवनितकुमार मिश्र लगायतसँग प्रतिस्पर्धा गर्दैछिन् ।

Battleground Analysis

अनुकूलता

  • चार दशक लामो कम्युनिष्ट राजनीतिक पृष्ठभूमि
  • संघीय राजनीति, नीति निर्माण र संसदीय अनुभव
  • शैक्षिक तथा बौद्धिक छवि

प्रतिकूलता

  • सीमित संगठनात्मक आधार
  • दल परिवर्तनको प्रभाव
  • बलिया प्रतिस्पर्धीहरू
शिक्षा
विद्यावारिधि
संसदीय अनुभव
राष्ट्रिय सभा सदस्य (२०७०)
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७० लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य विजयी

सिन्‍धुजलेसा बुढाथोकीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सिन्‍धुजलेसा बुढाथोकी
१०५६
विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टी
४५२४१
विनोदकुमार चौधरी नेपाली कांग्रेस
९५०२
VS