Home Candidate जीवन घिमिरे

प्रदेशको अनुभव बोकेर संघीय संसद्‍को दौडमा

http://नेकपा%20एमाले
जीवन घिमिरे
मोरङ - ४ उम्मेदवार

जीवन घिमिरे

पुरुष , ६३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
६९३३ मत
Profile
Profile

प्रदेश-१ (हालको कोशी प्रदेश) सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा करिब ३ वर्ष रहेर काम गरेको अनुभव घिमिरेसँग छ ।

०००

नेकपा एमालेले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मोरङ क्षेत्र नम्बर-४ बाट जीवन घिमिरेलाई उम्मेदवार बनाएको छ ।

पार्टीका पूर्व केन्द्रीय कमिटी सदस्य समेत रहेका घिमिरे २०१८ सालमा खोटाङमा जन्मिएका हुन् ।

झापास्थित जनआदर्श विद्यालय शिवगञ्जबाट उनले कक्षा ८ सम्मको अध्ययन पूरा गरे । स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनले अखिलको प्रारम्भिक कमिटीको नेतृत्व गर्दै विद्यार्थी राजनीति सुरु गरेका थिए  ।

२०३७ सालको पार्टी आन्दोलनका क्रममा उनी २ महिना जेल परे । २०४१ सालमा उनीमाथि राजकाजको मुद्दा लगाएर जेल हालिएको थियो । २०४३ सालमा एमाले पार्टी सदस्यता लिएका उनी तत्कालीन पार्टी महासचिव मदन भण्डारी निकट थिए ।

अनेरास्ववियु संगठन विभाग प्रमुखसमेत रहेका उनी अञ्चल कमिटी सदस्य, अञ्चल सचिव हुँदै नवौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य तथा पार्टी प्रशिक्षण विभाग प्रमुख तथा तत्कालीन कोशी इन्चार्ज बनेका थिए । गत महाधिवेशनमा उनी सचिवको आकांक्षी भए पनि केन्द्रीय सदस्य मात्रै बने ।

२०७४ सालमा घिमिरे प्रदेश सांसदमा निर्वाचित भएका थिए । प्रदेश-१ (हालको कोशी प्रदेश) सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा करिब ३ वर्ष रहेर काम गरेको अनुभव घिमिरेसँग छ ।

कोरोना महामारी विरुद्ध पूर्वतयारी र संक्रमण नियन्त्रणमा प्रदेश सरकारको तर्फबाट उनले  प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक विरासत र निष्ठा
  • प्रशासकीय अनुभव
  • सांगठनिक पकड

प्रतिकूलता

  • निर्वाचन क्षेत्रको जातीय र क्षेत्रीय समीकरण
  • पार्टी भित्रको आन्तरिक व्यवस्थापन
  • गठबन्धन र प्रतिस्पर्धीको प्रभाव

जीवन घिमिरेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

जीवन घिमिरे
६९३३
सन्तोष राजवंशी राष्ट्रिय स्वतन्त्र पार्टी
४०८३३
गुरुराज घिमिरे नेपाली कांग्रेस
१२८१८
VS