Home Candidate रामेश्‍वर फुयाल

स्थानीयदेखि प्रदेशसम्मका अनुभवी

http://नेकपा%20एमाले
रामेश्‍वर फुयाल
काठमाडौं - ३ उम्मेदवार

रामेश्‍वर फुयाल

पुरुष , ६३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

संसदीय राजनीतिमा फुँयालले जित र हार दुवै अनुभव बटुलेका छन् । २०६४ को संविधानसभा चुनावमा पराजय बेहोरे पनि उनी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भए ।

०००

काठमाडौं–३ मा एमालेका उम्मेदवार हुन् रामेश्वर फुँयाल । संविधानसभा सदस्यसमेत रहेका उनी स्थानीय स्तरमा परिचित छन् ।

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा स्थानीय तह, जिल्ला, प्रदेश हुँदै संसद्‌को ढोकासम्म आइपुगेको हो । कागेश्वरी मनोहरा नगरपालिका आलापोटका फुँयाल यसपटक प्रतिनिधिसभा सदस्यका लागि होमिएका छन् ।

२०१९ साल साउन २२ गते काठमाडौंमा जन्मिएका फुँयालको राजनीतिक चेतना विद्यार्थी जीवनमै सुरु भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका फुँयाल अधिकृत तहको सरकारी सेवा छोडेर राजनीतिमा होमिएका हुन् ।

बहुदलीय आन्दोलन, संगठन विस्तार र स्थानीय शासनको अनुभव उनीसँग छ । उनी तत्कालीन आलापोट गाविस अध्यक्षका रूपमा दुई पटक (२०४९ र २०५४) निर्वाचित भए ।

त्यसपछि काठमाडौं जिल्ला विकास समितिको उपसभापति बनेर विकास योजनामा काम गरे । एमालेमा जिल्ला हुँदै केन्द्रीय सदस्य बने ।

संसदीय राजनीतिमा फुँयालले जित र हार दुवै अनुभव बटुलेका छन् । २०६४ को संविधानसभा चुनावमा पराजय बेहोरे पनि उनी २०७० मा संविधानसभा सदस्य निर्वाचित भए ।

२०७४ मा भने काठमाडौं–३ (ख) बाट बागमती प्रदेशसभा सदस्य बने । त्यसपछि प्रदेशसभामा प्रमुख सचेतकको जिम्मेवारी पाएका फुँयाल पछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री बने । मन्त्री हुँदा फुँयालले सडक, पूर्वाधार पर्यटनको क्षेत्रमा नीतिगत काम गरेका छन् ।

‘ग्रामीण क्षेत्रलाई शहरसँग जोड्ने, मुख्य सडकखण्डको स्तरोन्नति र पूर्वाधारसँगै पर्यटन प्रबर्द्धनमा काम गरेको छु,’ उनले भने ।

स्थानीय तहदेखि प्रदेश सरकारसम्म काम गर्दा देखेका समस्या नै अबको संसद्‌मा उठाउने उनको दाबी छ । यसपटक प्रतिनिधिसभा उम्मेदवार बनेपछि फुँयालले राष्ट्रियता, लोकतन्त्र र सुशासनलाई केन्द्रमा राखेको बताए ।

‘राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन उम्मेदवारी दिएको हुँ। जनताको जनजीविकामा सुशासन कायम गर्दै भ्रष्टाचार निर्मूल पार्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधनमार्फत नवयुवाको चाहना पूरा गर्न मेरो उम्मेदवारी हो ।’

क्षेत्र नम्बर ३ मा एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ, रास्वपाका राजुनाथ पाण्डे लगायतका २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि २०७९ को चुनावमा काठमाडौं–३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।

त्यसैगरी एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा ४८ हजार ४८९ जना मतदाता छन् ।

 

को हुन् रामेश्वर फुयाल ?

जन्ममिति : २०१९–७–२२

जन्मस्थान : काठमाडौं

स्थायी ठेगाना : कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं

बसोबास : कागेश्वरी मनोहरा नगरपालिका, आलापोट

शैक्षिक योग्यता : स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय

२०४९ र २०५४ :  आलापोट गाविस अध्यक्ष (दुई कार्यकाल)

काठमाडौं जिल्ला विकास समितिः  उपसभापति

२०६४ : संविधानसभा निर्वाचनमा पराजित

२०७० : संविधानसभा सदस्यमा निर्वाचित

२०७४ : बागमती प्रदेशसभा सदस्य (काठमाडौं–३ (ख) मा निर्वाचित

बागमती प्रदेश प्रमुख सचेतक

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • लामो अनुभव र राजनीतिक निरन्तरता
  • स्थानीय तहदेखि पूर्वाधार र विकासमा अनुभव
  • सशक्त पार्टी संरचना र स्थानीय परिचय

प्रतिकूलता

  • प्रतिस्पर्धीहरूको बलियो चुनौती
  • गत निर्वाचनमा कांग्रेसको विजय
  • सांसद बन्ने प्राथमिक लक्ष्यसँग अपेक्षा मिलाउने चुनौती
शिक्षा
स्नातकोत्तर 
संसदीय अनुभव
संविधान सभा सदस्य (२०७०), बागमती प्रदेश सभा सदस्य (२०७४)
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
संविधानसभा सदस्य निर्वाचन २०६४ काठमाडौं - ३ चक्रबहादुर ठकुरी (कांग्रेस) १२९६६ ९५४९ ३४१७ पराजित
संविधानसभा सदस्य निर्वाचन २०७० काठमाडौं - ३ चक्रबहादुर ठकुरी (कांग्रेस) १२२४६ १३१०४ ८५८ विजयी
बागमती प्रदेश सभा सदस्य २०७४ काठमाडौं - ३ (२) विमल ठकुरी (कांग्रेस) 10819 10886 ७६ विजयी
बागमती प्रदेश सभा सदस्य २०७९ काठमाडौं - ३ (२) विमल ठकुरी (कांग्रेस) 10617 8247 २३७० पराजित

रामेश्‍वर फुयालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित