दण्डीराम चौधरी

पुरुष, ५० बर्ष
५,५०३ मत
उम्मेदवारी : मेयर
लमही नगरपालिका, लुम्बिनी प्रदेश

दाङको लमही नगरपालिकामा नेकपा एमालेले दण्डीराम चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी नेकपा एमाले लमही नगर कमिटीको बहालवाला अध्यक्ष पनि हुन् ।

यसअघि उनी युवा संघ नेपालको दाङ जिल्लाको पूर्वउपाध्यक्ष, एमाले दाङको जिल्ला सदस्य र चौलाही गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

त्यसो त, विभिन्न सामाजिक संघसंस्थामा काम गरेको लामो अनुभव पनि उनीसँग छ । अजम्बरी सामुदायिक वन र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको उनले लामो समय नेतृत्व गरे । चौधरी लमही जेसिसको पूर्व अध्यक्ष समेत हुन् ।

लमही थारू मतदाता बहुल क्षेत्र हो । उनी पनि थारू समुदायबाटै हुनाले उनको लागि केही अनुकूलता थपिएको छ ।

गत निर्वाचनमा नेकपा एमालेकै कुलबहादुर खत्रीले ५ हजार १५२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वीमा सीमित बनेका कांग्रेसका जोगराज चौधरीले ५ हजार ६९ मत ल्याएका थिए । यसरी गत निर्वाचनमा केवल ८३ मतले जित तय गरेको थियो । लमहीमा गठबन्धन बन्न सकेको छैन र नेकपा एमाले विभाजित हुँदा केही कमजोर भएको छ । यो पृष्ठभूमिमा यहाँ एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय रोचक स्पर्धा हुने देखिन्छ ।

 

थप उम्मेदवारहरु

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]