जोगराज चौधरी

पुरुष, ७४ बर्ष
९,३१७ मत विजयी
उम्मेदवारी : मेयर
लमही नगरपालिका, लुम्बिनी प्रदेश

२०७४ सालको स्थानीय तह निर्वाचनमा बागीका कारण हार व्यहोरेका नेपाली कांग्रेसका जोगराज चौधरी यस वर्षको स्थानीय तह निर्वाचनमा पनि लमही नगरपालिकाको मेयरमा उम्मेदवार छन् ।

कांग्रेसले जोगराजलाई फेरि पनि मेयर र लक्ष्मी योगीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसको आधिकारिक उम्मेदवार जोगराज नै थिए । उनीविरुद्ध कांग्रेसकै डिल्लीबहादुर खड्काले बागी उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा खड्काले २९३ मत पाउँदा चौधरी ८३ मतअन्तरले एमालेका उम्मेदवार कुलबहादुर खड्का क्षेत्रीसँग पराजित भएका थिए । जबकि उपप्रमुखमा कांग्रेसकी उम्मेदवार देबका बेल्बासे विजयी भएकी थिइन् ।

यस पटक बागी उम्मेदवारी नपरेकाले कांग्रेसलाई सहज छ । तर नेकपा एमाले र माओवादी केन्द्रका बलिया उम्मेदवारलाई उछिन्नुपर्ने चुनौती छ । लमहीमा सत्ता गठबन्धनबीच तालमेल नभएकाले कांग्रेस, माओवादी र एकीकृत समाजवादी छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा एमालेले चौधरी समुदायकै दण्डीराम चौधरीलाई र माओवादी केन्द्रले बसन्त शर्मा (विक्रान्त)लाई मेयरको उम्मेदवार बनाएका छन् । लमहीमा चौधरी समुदायको प्रभाव बढी रहेकाले जातीय मत बाँडिने सम्भावना छ ।

लमही नगरपालिकाको मध्यनगर निवासी उनी पूर्वप्रधानपञ्च हुन् । पछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । १४ औं महाधिवेशन प्रतिनिधिमा उनी पराजित भएका थिए । उनले विज्ञान विषयमा एमएससीसम्म अध्ययन गरेका छन् ।

थप उम्मेदवारहरु

दण्डीराम चौधरी

दण्डीराम चौधरी
पुरुष, ५० बर्ष

लमही नगरपालिका, लुम्बिनी प्रदेश
द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]