हट सिटहरू
जहाँ मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ, चर्चित उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् र जहाँको नतिजाले राष्ट्रिय राजनीतिमै ठूलो फेरबदल ल्याउन सक्छ, त्यस्ता निर्वाचन क्षेत्रलाई यहाँ 'हट सिट' का रूपमा वर्गीकृत गरिएको छ। झिनो मतान्तरले हारजित हुने, मतदाताले हरेकपटक फरक दललाई रोजेर 'स्वीङ' व्यवहार देखाउने र दलको सङ्गठनभन्दा उम्मेदवारको एजेन्डा एवं व्यक्तित्वको प्रभाव बढी रहने क्षेत्रहरूलाई पनि यसै श्रेणीमा राखिएको छ। यसरी वर्गीकरण गर्दा पछिल्ला चारवटा निर्वाचनको मतदान प्रवृत्तिको सूक्ष्म विश्लेषण गरिएको छ। यो विश्लेषणले कुनै पनि उम्मेदवारको हार वा जितलाई सुनिश्चित भने गर्दैन।


















